Comments Add Comment

भीरबाट लडेर दार्चुलामा एक महिलाको मृत्यु

३२ साउन, दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा घाँस काट्ने क्रममा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

लेकम गाउँपालिका-४ झलातीकी अन्दाजी ३८ वर्षीय पार्वती पार्कीको घाँस काट्ने क्रममा भीरबाट लडेर आज ज्यान गएको जिल्ला प्रहरी कार्यालयले पुष्टि गरेको छ ।

मृतक पाार्कीका श्रीमान २ छोरा र एक छोरी छन् ।

नेकपा एमालेकी वडा कमिटी सदस्यसमेत रहेकी पार्कीको निधनप्रति एमाले दार्चुलाले शोक व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment