Comments Add Comment

सेन्टर र युनियनको संयुक्त प्यानल घोषणा, आचार्य अध्यक्ष, पोखरेल उपाध्यक्ष

१ भदौ, काठमाडौं । नेपाल पत्रकार महासंघका महाधिवेशनका लागि प्रेस सेन्टर, प्रेस युनियन र प्रगतिशिल पत्रकार संघको संयुक्त प्यानल घोषणा भएको छ । संयुक्त प्यानलबाट प्रेस सेन्टरका गोविन्द आचार्य अध्यक्षको उम्मेदवार छन् ।

उपाध्यक्षमा विपुल पोखरेल, महासचिवमा रमेश विष्ट, समावेशी उपाध्यक्षमा दिलिप थापामगर र कोषाध्यक्षमा राजेश मिश्र उम्मेदवार छन् ।
यसैगरी खुला सचिवमा रामप्रसाद दाहाल, मधेसी सचिवमा शितल महतो, महिला सचिवमा लक्ष्मी पुन र जनजाती सचिवमा उदय जीएम उम्मेदवार छन् । पोखरेल, विष्ट, थापामगर, मिश्र, दाहाल र महतो युनियनका हुन् । पुन प्रेस सेन्टरकी र जीएम प्रगतिशिल पत्रकार संघका हुन् ।

प्रेस सेन्टर माओवादी केन्द्र निकट, युनियन कांग्रेस निकट र प्रगतिशिल पत्रकार संघ राष्ट्रिय जनमोर्चा निकट पत्रकारहरुको संस्था हो ।
सेन्टरले अध्यक्ष र एक महिला सचिव पद पाएको छ । युनियनले दुई उपाध्यक्ष, महासचिव, चार सचिव र कोषाध्यक्ष पद पाएको छ । यस्तै प्रगतिशिल पत्रकार संघले जनजाती सचिव पद पाएको छ ।

६ सचिवमध्ये चार सचिवको उम्मेदवार मात्र घोषणा गरिएको छ । बाँकी २ सचिवका उम्मेदवार बिहीबार घोषणा गर्ने तयारी संयुक्त प्यानलले गरेको छ ।

एमाले निकट पत्रकारहरुको संस्था प्रेस चौतारीले भने अध्यक्ष पदमा तिर्थ कोइरालाको उम्मेदवारी मात्रै घोषणा गरेको छ ।

पत्रकार महासंघको २५ औं महाधिवेशन यही भदौ ४ र ५ गते काठमाडौंमा हुँदैछ । सबै जिल्ला र प्रतिष्ठानहरुबाट १ हजार ५०५ जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment