Comments Add Comment

दीपादेखि अनमोलसम्म अमेरिकातर्फ, कसले पाएनन् अनुमति ?


‘ग्लोबल नेपाली फिल्म अवार्ड’मा सहभागी हुन एक दर्जन भन्दा बढी कलाकारहरुको टोली अमेरिकातर्फ लागेको छ । गतबर्ष अमेरिकाले नपत्याए पनि यसपटक नायक अनमोल केसीलाई  अमेरिकाले भिषा दिएको छ।

नायक भूवन केसीदेखि निर्देशक दीपाश्री निरौला, हाँस्य कलाकार जीतु नेपाल र केदार घिमिरे पनि अमेरिकातर्फ लागेका छन् । यस्तै, कलाकार सुनिल थापा, रविन्द्र खड्का, कृष्ण मल्ल, शर्मिला मल्ल लगायतको टोली वुधबार प्रस्थान गरेको छ ।

तालिकाअनुसार कलाकारहरु असोज ६ गते नेपाल फर्कनेछन् । दर्जन बढी कलाकार अमेरिकातर्फ प्रस्थान गर्दै गर्दा धेरै कलाकारलाई भने अमेरिकाले रित्तोहात फर्काइदिएको छ ।

लोकप्रिय नायक आर्यन सिग्देललार्इ यसपटक पनि अमेरिकी भिषा प्राप्त भएन। उनलार्इ पाँचौपटक पनि नेपालस्थित अमेरिकी दूतावासले खाली हात फर्कायो । यस्तै, नायिका वेनिशा हमाल, सुरविना कार्की, ममता प्रधान, अनु शाह, नायक आयुष रिजाल लगायतलार्इ अमेरिकाले पत्याएन ।

धेरै कलाकारहरू अमेरिका गएर उतै भासिने भएका कारण पनि अमेरिकी दूतावासले चलेकै कलाकारलार्इ समेत भिषा दिन अस्वीकार गर्दै अाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment