+
+
Shares

सप्तरीका बाढीपीडितलार्इ राहत बाँड्ने एनआरएनको तयारी

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ १ गते १२:४९

१ भदौ, काठमाण्डौं । गैरआवासीय नेपाली संघले सप्तरी जिल्लाका बाढी प्रभावितलाई आपतकालीन राहत बितरण गर्ने भएको छ ।

गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले र गृहमन्त्री जनार्दन शर्मावीच बिहीबार बिहान काठमाण्डौंमा भएको छलफलमा गृहमन्त्री शर्माले एनआरएनलाई सप्तरी जिल्लामा केन्द्रित हुन आग्रह गरेको एनआरएन प्रवक्ता रञ्जु थापा वाग्लेद्वारा जारी वक्तव्यमा जनाइएको छ ।

गृहमन्त्री शर्माले बाढीपीडितलाई राहत प्रदान गर्न गैरआवासीय नेपाली संघले देखाएको अग्रसरताको प्रसंसा गर्दै सप्तरी जिल्लामा राहत वितरण गरिदिन आग्रह गगरेका हुन् ।

अध्यक्ष घलेले हाल राहत सामाग्री खरिदको प्रकृया चलिरहेको जानकारी दिँदै एक दुई दिनमै राहत बितरणका लागि सप्तरी पुग्ने जानकारी दिए।

गृहमन्त्रीसँगको भेटपछि अध्यक्ष घलेले सरकारको आग्रहअनुसार नै स्थानीय प्रशासनसँगको समन्वयमा प्रभावकारी राहत वितरण गरिने बताए ।

एनआरएनएले घर बगाएका पीडित परिवारलाई त्रिपाल तथा छोटो समयका लागि खाद्य सामाग्रीसमेत वितरण गर्ने तयारी गरेको घलेले जानकारी दिए ।

बाढीपछि फैलिनसक्ने प्रकोपलाई ध्यान दिँदै एनआरएनएले स्वास्थ्य शिविर स्थापना गर्ने जानकारी दिँदै अध्यक्ष घलेले सो अभियानमा स्वयंसेवीरुपमा सहभागी हुन स्वास्थ्यकर्मीहरुलाई आह्वान गरे ।

मुलुकमा बाढीको प्रकोप सुरु हुनासाथ गैरआवासीय नेपाली संघले आपतकालीन राहत कोष स्थापना गरी रकम संकलन अभियान सञ्चालन गरेको थियो ।

एक साताभित्र करिव दुई करोड रुपैयाँ संकलन गरी पीडितलाई राहत वितरण गर्ने गैरआवासीय नेपाली संघको योजना अन्र्तगत गृहमन्त्रीसँग छलफल भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?