Comments Add Comment

मोहना र घुराहा नदीले खेत बगायो, धान काटेर गाईबस्तुलाई

नदीपारि भारतीय तटबन्ध, नेपालतर्फ बर्सेनि कटान

२ भदौ, कैलाली । मोहना र घुराहा नदीले धानबाली लगाएको जमिन कटान गर्न थालेपछि पसाउन ठिक्क परेको धान काटेर किसानहरु गाईवस्तुलाई खुवाउन बाध्य भएका छन् । धनगढी उपहानगरपालिका वडा नम्बर १९ फुलबारीको साझघारीका किसानहरु मोहना नदीले खेतियोग्य जमिन बगाउन थालेपछि धमाधम धान काटेर बस्तु भाउलाई खुवाउन लागेका हुन ।

साझघारीमा मोहना नदीले करिब ७ बिगाहा धानवाली लगाएको जमिन काटेर बगरमा परिणत गरेको छ ।

धनगढी उपमहानगरपालिका वडा नम्बर १९ का किसानहरु नदीले खेती गरेको जमिन कटान गर्न थालेपछि पसाउन लागेको धान काटेर वस्तु भाउलाई खुवाउन थालेका छन । नेपाल–भारत भएर बग्ने मोहना नदीको भारततिर नदि क्षेत्रमा तट्बन्धन गरे पनि नेपालतर्फ तटबन्ध नहुँदा मोहना नदीले बर्सेनि खेतियोग्य जमिन कटान गर्ने गरेको स्थानीय चुल्लुराम चौधरीले बताए । उनले नदी कटान नियन्त्रणतर्फ नेपालले कुनै चासो नदेखाउँदा मोहना नदीले बर्सेनि खेतीयोग्य जमिन कटान गर्दै आइरहेको बताए ।

त्यही क्षेत्रमा एक दशक पहिले नदीले कटानका कारण ३० घर परिवार बिस्थापित भएर अन्यत्र सरेका छन् । अहिले पनि सो क्षेत्रमा लगाएको धानबाली नदीले कटान गर्न थालेपछि धान बगाउनु भन्दा काटेर गाईबस्तु खुवाउन उचित लागेर काटेको उर्मिला चौधरीले बताइन् ।

स्थानीय कल्लुराम चौधरीले १० वर्ष पहिले घर रहेको स्थान नदीमा परिणत हुँदा विस्थापित हुनुपरेको गुनासो गरे ।

उनले हिउँदको सिजनमा बगरमा खेती गर्नसमेत भारतीय वन रक्षकहरुले अवरोध गर्ने गरेको दुःखेसो गरे । ‘हिउँदमा बगरमै भए पनि खेती गरौं भन्दा भारतीय वन रक्षकहरु आएर यो त भारतको जमिन हो, यहाँ तिमीहरुले केही गर्न पाउँदैनौ भनेर धम्क्याउने गर्छन्,’ उनले भने ।

धनगढी उपमहानगरपालिका–१९ का नवनिर्वाचित अध्यक्ष तिल्लुराम चौधरीले मोहना र घुरा नदीले फूलबारी क्षेत्रमा धेरै दुःख दिएको बताउँदै साझघारी, खेदा, लगायतको क्षेत्रमा नदीले खेतीयोग्य जमिन कटान गरेकाले समस्या भएको बताए । उनले कटान गरेका क्षेत्रका तटबन्धका लागि पहल गरिरहेको बताए । यसका यसका लागि ठूलो बजेट चाहिने भन्दै अध्यक्ष चौधरीले उपमहानगरपालिकाले पहल गरिरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment