Comments Add Comment

कम्पनीहरुमा यी दुई सूचकको किन महत्व छ ?


३ भदौं, काठमाडौं । नेपाली सेयर बजारमा निकै कम संख्यामा उत्पादनमुलक (उद्योग) र ट्रेडिङ (व्यापारिक) कम्पनीहरु सूचीकृत छन् । यिनमा पनि निकै कम कम्पनीको मात्रै सेयर किनबेच हुने गरेको छ । यसरी सेयर कारोबार हुनेमा युनिलिभर नेपाल, बोटलर्स नेपाल (तराई), बोटलर्स नेपाल (बालाजु), हिमालयन डिष्टिलरी, बिशाल बजार, साल्ट ट्रेडिङ कपोरेशन लगायत रहेका छन् ।

उत्पादन मुलक तथा ट्रेडिङ समूहका कम्पनीहरुको वित्तीय विवरणमा पनि धेरै कुरा समान हुन्छन् भने कतिपय कुरा फरक हुन्छन् ।

रिसिएबल्स अर्थात उठ्न बाँकी रकम

यस्ता कम्पनीहरुमा देखिने समान सूचक भनेको रिसिएबल्स अर्थात् कम्पनीले आफ्नो उत्पादन, सामान तथा सेवा बिक्री गरेर पनि उठाउन बाँकी रकम । यस्तो रकम कारोबार राफसाफ हुँन बाँकी रहदा देखिने गर्छ । यस्तो रकम कम्पनीले पाउन पर्ने रकम हो ।

यो सूचकले कम्पनी कत्तिको प्रभावकारी रुपमा सञ्चालन भइरहेको छ भन्ने जानकारी दिन्छ । ग्राहकबाट कत्तिको सबल रुपमा उठाउन पर्ने रकम उठाइरहेको छ भन्ने यो सूचकले जानकारी दिन्छ । यो कम्पनीको सम्पत्तिको रुपमा रहेको हुन्छ ।

कुनै पनि व्यवसाय गर्दा बिक्री गरिएको बस्तुको शतप्रतिशत भुक्तानी तत्काल हुन सक्दैन् । कतिपय अवस्थामा चहादा नचहादै पनि उधारोमा सामान दिनै पर्ने अवस्था आउछ । यो उधारोमा सामान दिदा पनि कतिपय अवस्थामा बिक्री बढ्न सक्ने हुनाले पनि उधारोमा कारोबार गरिने चलन पनि रहेको छ ।

यस्तो उठ्न बाँकी रकमको गुणस्तर कस्तो हुन्छ भनेर मूल्यांकन गर्न निकै कठिन हुन्छ । किनभने, कुन ग्राहकले भुक्तानी दिन सक्छ वा सक्दैन भनेर यकिन गर्न सकिदैन् । त्यसैले बिभिन्न समयमा विश्लेषकहरुले यसको हिसाबको लागि विभिन्न तरिकाहरु बनाएका छन् ।

यसमध्येको एउटा तरिकाको रिसिएबल्स रकमलाई त्यसको बिक्री आयले भाग गरेर यकिन गर्ने । यसरी भाग गर्दा भागफल बार्षिक रुपमा बढ्दै गएको छ भने कम्पनीले राम्रोसँग पैसा उठाउन सकिरहेको छैन भन्ने देखाउछ ।

नेपालमा सूचीकृत व्यापारमुलक र उत्पादन मुलक सबै कम्पनीमा उठ्न बाँकी रकमको जानकारी रहेको हुन्छ । बार्षिक रुपमा यो रकम वा आयसँग भाग गरेर आएको भागफल रकम घट्नु राम्रो हुन्छ । एक कम्पनीको तुलनामा अर्को कम्पनीको यस्तो सूचक कस्तो देखिन्छ समेत तुलना गर्न सकिन्छ ।

इन्भेष्ट्रिज अथात मौज्दात सामान वा सेवा

व्यापारमुलक कम्पनीहरुमा यस्तो सूचक हुनै पर्छ भन्ने छैन् । सम्भवतः बिशाल बजारले आफ्नो वित्तीय विवरणमा यो सूचक प्रस्तुत गदैन । उत्पादनमुलक र व्यापारमुलक बाहेक अन्य क्षेत्रका कम्पनीमा पनि यस्तो सूचक भने हुनसक्छ । दुरसञ्चार समूहको नेपाल टेलिकमको वित्तीय विवरणमा पनि यो सूचक हुन्छ ।

कम्पनीहरुमा मौज्दात सामान वा सेवा (इन्भेष्ट्रि) रहनु भनेको त्यसको बिक्री पछि कम्पनीले थप आम्दानी लिनसक्छ भन्ने पनि हो । तर, यसको व्यवस्थापन गतिलोसँग गर्न सकिएन भने समस्या हुन सक्छ ।

भौतिक (सेवा बाहेक) का मौज्दातको लागि भण्डारणको आवश्यकता पर्छ । सेवाकै सन्दर्भमा पनि त्यसको लागि केही न केही लगानी र जनशक्रि लागिसकेको हुनसक्छ । यस्ता समानको भविष्यमा दिनमा पनि बिक्री सम्भव भएन भने यसल पनि कम्पनीलाई निश्चित रकमको क्षति हुन्छ ।

भौतिक सामाग्रीको मौज्दातलाई व्यवस्थापन गर्न केही प्रणालीहरुको पनि बिकास गरिएको भने हुन्छ । जस्तो कि, जस्ट इन टाइम अर्थात बिक्री भन्दा केही घण्टा वा केहि दिन अघिमात्र यस्ता सामानहरु मौज्दात मगाउने र तत्कालै बिक्री गर्ने । यो तरिकाले कम्पनीमा धेरै सामान मौज्दात रहदैन । बिक्रीमा समस्यमा आएमा वा  धेरै समय मौज्दात रहेमा  पनि यो तरिकाले  सामानको गुणस्तर बिग्रने डर  हुदैन् ।

कम्पनीले कसरी आफ्नो माज्दातलाई बिक्रीमा परिणत गर्न सकिरहेको छ भनेर हेर्न सकिन्छ । यसको लागि बस्तु बिक्रीबाट भएको कम्पनीको आम्दानी रकमलाई इन्भेष्ट्रिमा देखाइएको रकमले भाग गर्नुपर्छ । यसरी आएको भागफल कम हुनु नै राम्रो हो । यस्तो हिसाब बार्षिक रुपमा गर्न सकिन्छ । यो सूचक बढ्दो क्रममा देखिएको छ कि घट्दो क्रममा हेर्न सकिन्छ । घट्दो क्रममा हुनु राम्रो हो । एक वा एकभन्दा बढि कम्पनीहरुको यस्तो सूचक तुलना गरेर पनि हेर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment