साम्राज्ञी राज्यलक्ष्मी शाह एउटा त्यस्तो नाम हो, जसलाइ दर्शकमाझ परिचित हुन धेरै चलचित्र खेलिराख्नु नै परेन । एउटै चलचित्रले उनलाइ रातारात स्टार बनाइदियो ।
हुनत, एउटै चलचित्रबाट स्टार बनेकी साम्राज्ञीले यो नाम र चर्चालाइ जोगाउन सक्छिन् या सक्दिनन्, यो त भोलीको कुरा हो । तर, उनलाइ अहिले चलचित्रमा लिनका लागि निर्माताहरु तछाडमछाड गरिरहेका छन्।
साम्राज्ञी अभिनित चलचित्र ‘ए मेरो हजुर २’ भदौ १६ गतेबाट रिलिज हुँदैछ । साम्राज्ञीका लागि यो चलचित्र चल्नैपर्ने हुन्छ । कारण, पहिलो चलचित्र ‘ड्रिम्स’ रिलिज भएको करिब डेढ बर्षपछि उनी हलमा आउँदैछिन् त अर्कोतिर उनलाइ नायक अनमोल केसीका कारण चलेकी हुन् भन्ने टिप्पणीलाइ पनि गलत साबित गर्नुछ ।
भदौ १६ गतेबाट रिलिज हुन लागेको चलचित्रको प्रचारमा दौडिएकी नायिका आफूहरुले निकै मिहिनेत गरेकाले चलचित्र चल्नेमा ढुक्क छिन् । झरना थापा निर्देशित चलचित्रमा उनको जोडीको रुपमा सलिनमान बनियाँले काम गरेका छन् ।
साम्राज्ञी पहिरनमा पनि निकै सजग छिन् । उनलाइ जुन पहिरन लगाएपनि सुहाएको पाइन्छ । ‘ए मेरो हजुर २’बाट साम्राज्ञीले पहिलो चलचित्रबाटै बनाएको ब्रान्ड जोगाउछिन् कि जोगाउँदिनन्, यसका लागि केही दिन प्रतिक्षा गरौ ।
तस्बिरः कमल प्रसाइ
साम्राज्ञी र सलिनसँग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः
प्रतिक्रिया 4