+
+
Shares

बाढी पीडितको घाउमा मल्हम लगाउँदै गायक मिलन लामा

सुवास पण्डित सुवास पण्डित
२०७४ भदौ ७ गते १०:३९

७ भदौ, चितवन । घाम अस्ताउने तयारी गर्दै थियो । चितवनको रत्ननगर नगरपालिकाको खोला छेउमा लोक तथा दोहोरी गायक मिलन लामा स्कुले बालबालिकाहरुलाई लाइनमा मिलाउँदै थिए ।

काँधको निलो गम्छाले पसिना पुछ्दै साना बाबुनानीहरुलाई लाइनमा मिलाएर राखिसकेपछि लामाले कापी, किताव, झोला, पेन्सिल र कटर बाँड्न थाले । कोही खाली खुट्टै त कोही कपडा नै नलगाई कापी कलम र झोला लिन आएका थिए ।

निकै उत्साहपूर्वक उपस्थित बालबालिकाहरु निकै खुसी भए । बुवा आमालाई बोलाएर कापी, कलम र झोला बाँड्दा झैझगडा हुने भएकोले उनले स्कुले बालबालिकाहरुलाई मात्रै बोलाएको बताए ।

नयाँ झोला, आधा दर्जन कापी, पेन्सिल, इलेजर र कटर पाएर खुसी भएका बालबालिकाहरुलाई कहिले विद्यालय खुल्ला र स्कुल जान पाइएला जस्तो गरिरहेका थिए ।

विद्यालय पढ्ने ती बालबालिकाहरुको झोलासँगै किताबकापी बाढीले बगाएकोले आफूले सहयोग गरेको गायक मिलन लामाले बताए । आफ्नो सहयोगले बाढी पीडित बालबालिकाहरुको घाउमा थोरै भएपनि मल्हम पट्टीको काम गर्ने उनको बुझाइ छ ।

सुरुदेखि नै बाढी पीडितको उद्दारमा जुटेका गायक लामा यतिबेला भने राहात वितरणको अभियानमा छ । स्कुले बालबालिकाहरुलाई स्टेशनरी सामग्री वितरण गर्नेदेखि झुल बितरण गर्ने, खाद्यान्न सहयोग गर्ने मात्रै होइन्, घरमा खाना समेत पकाएर खान नपाउनेहरुलाई ग्याँस चुल्होसम्म बाँडिरहेका छन् । ‘नत घरमा दाउँरा छ नत पकाएर खाने केही कुरा नै, त्यस्ता पीडितहरुलाई ५ हजार रुपैया खर्च गरेर ग्याँस चुल्हो र सिलिण्डर बाँडेको छु ।’ लामाले भने ।

अधिकांश कुमाल र सुकुम्वासी रहेको बस्ती गएको साउन २७ र २८ गते आएको बाढीले डुवानमा परेको थियो ।

प्रवासी नेपालीको साथ

गायक लामाको राहात अभियानमा बिदेशमा वस्ने प्रवासी नेपालीहरुले ठूलो सहयोग गरेका छन् । गलाका माध्यमबाट जोडिएका आफ्ना शुभेच्छुकहरुको सानोसानो सहयोगलाई समेत स्वीकार गरी त्यसलाई लक्षित वर्गसम्म लामाले पुर्‍याउने गरेका छन् ।

हरेक दिन उदाउने सूर्यसँगै गायक लामा यस्तै पीडित वस्तीहरुमा पुग्छन् । राहात बितरणमा प्रवासी नेपालीहरु र लोकदोहोरी राष्ट्रिय प्रतिष्ठानले गायक लामा नै बढी बिश्वास गरेको उनी दावी गर्दछन् ।

जति सानो ठूलो सहयोग भएपनि त्यसलाई सम्बन्धित पीडितहरु समक्ष नै बाँड्ने गरेको उनले बताए । ‘एकले थुकी सुकी, धेरैले थुकी नदी भन्ने आख्यानलाई आत्मसाथ गर्दै जसले जति सक्छ त्यति सहयोग गर्ने हो भने, हामीले विदेशीलाई गुहार गर्न पनि पर्दैन लामा भन्छन्, ‘म अहिले सित उभाएर घैला भर्ने अभियानमा छु ।’

साथीभाइले पठाएको रकममा आफूले पनि थपेर सहयोग गर्ने गरेको गायक लामाले सुनाए । विगत १० बर्षदेखि आफू समाजसेवामा निरन्तर लागेको बताउँदै लामाले भने, ‘मेरो त नशानशामा समाज सेवा छ खै कसरी यस्तो भयो पत्तो छैन् मन नै मान्दैन् । ‘

गायक मिलन लामा, दुःखीका साथी बनेका छन् । आफ्नै आँखा अगाडि आएको बाढीले दिएको पीडाले उनलाई दुखाएको छ ।

लामा आफै पनि बाढी पीडित !

चितवनको सौराहा नजिक घर भएका गायक लामा आफै पनि बाढी पीडित हुन् । बाढी आउने दिन मोहनास्थित आफ्नै घरमा रहेका लामा त्यो दिनको घटना संम्झदै भन्छन्, ‘जीन्दगीमा मैले प्रकृतिको रौद्र रुपमा देखेको थिइन्, हेर्दा हेर्दै डुवायो र लग्यो । आँधी जस्तो हुरी वतास र पानी आयो ।’

उनी आफै पनि बाढी र डुवान पीडित भए तर त्यो पीडिलाई भुलेर उनी आफू भन्दा समस्यामा परेका मानिसहरुको उद्दार र राहातमा जुटे ।
लामाले संचालन गरेको छेउकुना रेष्टुरेष्टमा पनि बाढीले क्षति पुगेको छ । रेष्टुरेष्ट ३ फिटसम्म डुवेको लामाले बताए ।

‘मेरो रेष्टुरेन्टमा मात्रै १० लाखभन्दा बढीको क्षति भएको छ । मैले गीत गाएरै कमाएर बनाएको हो, गीत गाएर नै फेरी कमाउँछु,’ गायक लामा भन्छन्,’तर अहिले आफूभन्दा बढी पीडित भएका र खानसमेत नपाउनेहरुको राहातमा जुटेको छु ।’

लामाले अगाडि थपे-‘सुखमा मात्र होइन्, हाँसोमा मात्र होइन् दुःख पर्दा समेत कलाकारको साथ आम जनतलाई चाहिन्छ ।’

लेखक
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?