Comments Add Comment

जन्मदिनमा दीपाश्रीलाइ भन्नुहोस् ‘ह्याप्पी बर्थ डे’


नेपाली चलचित्र क्षेत्रमा सफल महिला कलाकारहरुमा एक हुन्, दीपाश्री निरौला । उमेरले ४० बसन्त काटिसक्दा पनि दीपाश्री अविवाहित नै छिन् । उनै, अझै पनि उपयुक्त केटा नपाएको बताइरहेकी छिन् ।

तर, दीपाश्रीको चलचित्र यात्रा भने सफलताको साथ अगाडि बढिरहेको छ । उनी निर्देशित पहिलो चलचित्र ‘छक्का पन्जा’ले नै रेकर्ड राखेपछि दीपाश्री सफल चलचित्रकर्मीको सूचीमा दहरिएकी छिन् ।

विराटनगरमा भदौ ७ गते जन्मिएकी यी निर्देशकले निर्देशन गरेको दोश्रो चलचित्र ‘छक्का पन्जा २’ असोज ११ गतेबाट रिलिज हुँदैछ । दीपाश्री नेपाली चलचित्र क्षेत्रकी थोरै मात्र यस्ती सफल चलचित्रकर्मी हुन्, जो विवादमा कमै मात्र पर्छिन् । गसिप र स्क्यान्डलबाट टाढै रहने दीपालाइ दर्शकले ‘तितो सत्य’ नामक हाँस्य सिरियलबाट सर्वाधिक रुचाएका हुन् । रेडियोमा भने उनलाइ ‘धनियाँ’ नामले धेरै श्रोताले चिनेका थिए ।

सफल महिला निर्देशक दीपाश्रीलाइ हाम्रो तर्फबाट पनि जन्मदिनको शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment