+
+
Shares

देउवाले मोदीलाई दिए संविधान संशोधन गर्ने बचन

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ ८ गते १४:२५

८ भदौ, नयाँदिल्ली । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपालको संविधान संशोधन गर्ने बचन दिएका छन् ।

दुई तिहाई बहमुत नपुगेकाले संशोधन असफल भएको भन्दै उनले भने, ‘मलाई विश्वास छ, भविश्यमा बहुमत आउँछ र संविधान संशोधन गर्छौं ।’

प्रधानमन्त्री देउवा र मोदीबीच हैदराबाद हाउसमा झण्डै आधा घन्टा कुराकानी भएको थियो । यो भेटमा दुई देशका विदेशमन्त्री र राजदूत समेत थिए ।

लगतै भएको द्विपक्षीय वार्तापछि देउवा र मोदी संयुक्त पत्रकार सम्मेलनमा उपस्थित भए, जहाँ नेपाल र भारतबीच ८ साझदारी पत्रमा हस्ताक्षर भयो ।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले दुई चरणमा स्थानीय चुनावको स्वागत मात्र गरेनन्, सबैसँग सम्वाद गर्दै सबैको आकांक्षा समाहित गरी संविधान सफलतापूर्वक लागू गर्ने विश्वास गरे ।

[sam_list] लगतै सम्बोधन गरेका देउवाले भने नेपालको आन्तरिक मामिलालाई अझ खुलेर प्रवेश गराए ।

सरकारले संविधान सबैको स्वीकार बनाउन चाहेको भन्दै उनले भने, ‘हामीले संविधान संशोधन गर्ने प्रयास गर्‍यौं । तर, संसदमा दुई तिहाई बहुमत पुर्‍याउना सकेनौं र संशोधन हुन सकेन । म आशा गर्छु कि भविश्यमा दुई तिहाई पुग्छ र संविधान संशोधन हुन्छ । र, सबैले संविधान स्वीकार गर्छन् ।’

उनले संविधान संशोधन नभएपनि राजपा चुनावमा जान सहमत भएको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?