+
+
Shares

‘वार्मअप’मै सीमित देउवा र मोदी वार्ता

अरुण बराल अरुण बराल
२०७४ भदौ ८ गते २०:२८

८ भदौ, नयाँदिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच पूर्वनिर्धारित ‘वान टु वान’ वार्ता हुन सकेन । जबकि, त्यसका लागि देउवा दिल्ली पुगेको केही घण्टामै ‘वार्म अप’ भेटसमेत गरिएको थियो ।

मोदीसँगको भेटका लागि देउवा नेपाली समय अनुसार पौने १२ बजे हैदरावाद हाउस पुगेका पनि थिए । भ्रमण तालिकाअनुसार त्यसपछिका ३० मिनट नेपाल र भारतका प्रधानमन्त्रीबीच एक्लाएक्लै वार्ता हुनु पर्ने थियो ।

तर, त्यस भेटमा नेपालका उपप्रधान तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महरा र राजदूत दीपकुमार उपाध्याय सहभागी भए भने भारतका विदेशमन्त्री सुष्मा स्वराज र नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरी पनि उपस्थित थिए ।

उक्त भेटपछि देउवा र मोदीको उपस्थितिमा द्विपक्षीय वार्ता भयो । लगत्तै संयुक्त पत्रकार सम्मेलन भयो, जहाँ आठ समझदारीमा हस्ताक्षर हुनुका साथै देउवा र मोदीले सम्बोधन गरे । तर, राजकीय भ्रमणको तालिकाअनुसार एक्लाएक्लै संवाद भएन ।

सामान्यतया राजकीय भ्रमणको कार्यतालिका तलमाथि गरिँदैन । तर, भारतीय प्रधानमन्त्री मोदीले नेपाली समकक्षी देउवालाई सरप्राइज दिँदै ‘वार्मअप’ भेट गर्नु र पूर्वनिर्धारित वार्ता नगर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

उच्च स्रोतका अनुसार मोदी र देउवाको ‘वार्मअप’ भेट आकस्मिक रुपमा तय भएको हो ।

यसको कारणका रुपमा भ्रमण टोलीमा सहभागी उपप्रधान तथा परराष्ट्र मन्त्री महारालाई हेरिएको छ । स्रोतहरुका अनुसार महराले दुई मुलुकका प्रधानमन्त्रीबीच बिहीबार तय भेटमा आफू पनि सहभागी हुने प्रस्ताव राखे । उनकै उपस्थितिलाई छल्न ‘वार्मअप’का नाममा बुधबार नै देउवा र मोदी भेटेको स्रोतको भनाइ छ ।

महरा माओवादी केन्द्रका नेता हुन् । चिनियाँसँग ५० लाख मागेको महराको भनिएको टेप सार्वजनिक भएपछि उनलाई चीन निकटस्थ मान्छ, भारतीय संस्थापनले । साथै, पुष्पकमल दाहाल नेतृत्व सरकारले छिमेकी देशसँग सम्बन्ध सुधारका लागि दूत पठाउँदा पनि महरा चीन गएका थिए । भलै टेपकाण्डपछि महराले भारतसँग सम्बन्ध सुधारका लागि अनेक प्रयास नगरेका भने होइनन् ।

यद्यपि, वान टु वान वार्ता किन भएन भन्ने प्रश्नमा परराष्ट्रमन्त्री महरा मात्र होइन, नेपाली भ्रमण टोलीका कोही पनि सदस्य केही बोल्न तयार छैनन् ।

यो पनि पढ्नुस्

देउवालाई मोदीको सुझाव- सबै पक्षसँग सम्वाद जारी राख्नोस्

देउवाले मोदीलाई दिए संविधान संशोधन गर्ने बचन

नेपाल र भारतबीच ८ समझदारी पत्रमा हस्ताक्षर

देउवा र मोदीले दिल्लीबाट स्विच थिचेर गरे कटैया-कुशाहा प्रशारणलाइनको उद्घाटन

नेपाल भारत सम्वन्धः कता हराए कनेक्टिभिटीका मुद्दा ?

पञ्चेश्वरको पानी राजनीति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?