Comments Add Comment

क्रान्तिकारीको केन्द्रीय समिति विघटन, नेतृत्व चयन बिहीबार

८ भदौ, काठमाडौं । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको एकताको राष्ट्रिय सम्मेलनको दोस्रो दिन बन्द सत्र शुरु भएको छ ।

त्रिभुवन विश्वविद्यालय कीर्तिपुरस्थित स्मृति भवनमा शुरु भएको बन्द सत्रको शुरुआतमा अध्यक्ष नरेन्द्र न्यौपानेले ९९९ सदस्यीय जम्वो केन्द्रीय समिति भंग भएको घोषणा गरे । पुरानो समिति भंग गर्दै ३३ सदस्यीय पदाधिकारीसहित २४३ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरिएको छ ।

९ सदस्यीय अध्यक्ष मण्डल गठन

राष्ट्रिय सम्मेलनको बन्द सत्र सञ्चालन गर्न ९ सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको छ ।

अध्यक्ष मण्डलमा नरेन्द्र न्यौपाने, उत्तम अधिकारी, रविकिरण यादव, राजेश्वरी सुवेदी, इन्द्र भुषाल, कविता ढुंगाना, राधेश्याम यादव, सपना प्रधान र धनसरा ढकाल छन् ।

न्यौपानेले बन्द सत्रको हल समक्ष राखेको अध्यक्ष मण्डलको प्रस्ताव सर्वसम्मतिले पारित भएको क्रान्तिकारीका निवर्तमान प्रवक्ता सुरेन्द्र बस्नेतले बताए ।

आजै विघटित समितिका अध्यक्ष न्यौपानेले ‘विद्यार्थी आन्दोलनको आगामी कार्यभारबारे’ शिर्षकमा ६० पृष्ठको प्रतिवेदन पेश गरेका छन् । प्रतिवेदनमा स्थापना कालदेखि क्रान्तिकारीले उठाउँदै आएको जनवादी शिक्षाको रणनीति बदलेर समाजवादी शिक्षाको रणनीति अघि सारिएको छ ।

प्रतिवेदनमा विद्यार्थी आन्दोलनले शिक्षा, स्वास्थ्य र रोजगारलाई मौलिक हक बनाउन सफल भएकाले अबका दिनमा त्यसलाई कार्यान्वयन गर्न सम्पुर्ण रुपमा लाग्ने कार्यभार प्रस्ताव गरिएको छ ।

सो प्रतिवेदनमा छलफल गर्न विभिन्न जिल्ला मिलाएर २१ वटा समूह बनाइएको छ । अलग-अलग समूहगत छलफल पछि टोली नेताले हलमा साझा निष्कर्ष राख्ने प्रवक्ता बस्नेतले बताए ।

यसैगरी प्रस्तावित विधान संशोधनमा ३३ सदस्यीय पदाधिकारीसहित २४३ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरिएको छ ।

नयाँ विधानमा पदाधिकारीको सिंगो हलबाट र केन्द्रीय सदस्य प्रदेशगत रुपमा निर्वाचित हुनेछन् । प्रस्तावअनुसार एक अध्यक्ष, ४  खुल्ला, ४  समावेशी र १ मनोनितसहित ९ उपाध्यक्ष, एक महासचिव, ५ उपमहासचिव, १६ सचिव र एक कोषाध्यक्ष रहनेछन् ।

बुधबार प्रस्तावित प्रतिवेदन र विधान उपर बिहीबार समूहगत छलफल हुनेछ । विधान र प्रतिवेदन पारित भएपछि नेतृत्व चयनका लागि निर्वाचन प्रकृया अघि बढ्ने प्रवक्ता बस्नेतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment