+
+
Shares

न्यूयोर्कमा नेपाली चेलीको तीज : कसैले नेपालको तीज मिस गरे, कसैको मुड फ्रेस

कार्यक्रममा उठेको रकम बाढी पीडितलाई सहयो गरिने

अनुज थापा  अनुज थापा
२०७४ भदौ ९ गते ११:१०

२५ अगस्ट, न्यूयोर्क । न्यूयोर्क र न्यूजर्सी राज्यमा बसोवास गर्ने हिन्दू नेपाली महिलाहरुले नेपालका बाढी पीडितहरुको सहयोगार्थ तीज मनाएका छन् ।

न्यूयोर्क शहरमास्थित सत्यनारायण मन्दिरमा करिव ५०० महिलाहरु भेला भई तीज मनाएका हुन् । रातो सारी र पोतेमा सजिएका उनीहरुले भगवानको उपासना गर्दै नाचगान गरी तीज मनाए ।

न्यूयोर्कमा धुमधामका साथ तीज मनाएपनि नेपाली चेलीहरुले नेपालको जस्तो प्रवासमा रमाइलो नहुने प्रतिकि्रया दिएका छन् ।

विगत ६ वर्षदेखि न्यूयोर्क बसोवास गरिरहेकी सुमी कार्कीले प्रवासको तीज अनुभव साट्दै भनिन्, “म नेपालको तीज एकदमै मिस गर्छु किनभने मेरा सबै आफन्तहरु त्यही छन् ।” उनले भनिन् ।

सम्झना बानियाले भने अमेरिकामा काम गरेर थाकेको बेला यसरी आफन्त र साथी भाइसँग तीज मनाउन पाउँदा मुड फ्रेस भएको बताइन । तर, अमेरिकाका महिलाहरुले तीजमा लुगादेखि गहनादेखि हरेक कुराको नक्कल गर्ने गरेको भन्दै यो नराम्रो भएको बताइन ।

आयोजक नर्वदा क्षेत्रीले यसपटकको कार्यक्रमबाट उठेको रकम बाढी पीडितलाई सहयोग गरिने जानकारी दिइन । न्यूयोर्क र न्यूजर्सीका नेपाली महिला समूहले विगत २००७ देखि तीजको उपलक्ष्यमा कार्यक्रमको आयोजना गर्दै आएको छ ।

कार्यक्रमको भिडियो यहाँ हेर्न सकिन्छ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?