भनिन्छ, सूर्य नमस्कार नै समग्र व्यायाम हो । अर्थात सूर्य नमस्कार गरेपछि समग्र शरीरको व्यायाम हुन्छ । अहिले बलिउड स्टारदेखि शहरिया तन्नेरीहरुबीच लोकपि्रय योगासन पनि हो यो । सूर्य नमस्कारले व्यायाम त हुन्छ नै, शरीर छरितो र आकर्षक पनि ।
‘सूर्य नमस्कार’ को शाब्दिक अर्थ सूर्यको अर्पण वा नमस्कार गर्नु हो ।
के हुन्छ सूर्य नमस्कारले ?
सूर्य नमस्कारले तन, मन र वाणी, सबैमा शक्ति र उर्जा मिल्छ । साथै यसले शरीरको सबै अंगलाई क्रियाशिल बनाउँछ । त्यसो त शरीरलाई उर्जावान बनाउने मात्र होइन, रोगमुक्त पनि गराउँछ । सूर्य नमस्कार १२ शक्तिशाली योग आसनको एक समन्वय हो, जो एक उक्तम कार्डियो भास्कुलर व्यायाम पनि हो ।
अर्को महत्वपूर्ण कुरा त के भने, यदि हामीसँग व्यायाम गर्ने पर्याप्त समय छैन भने सूर्य नमस्कार उत्तम विकल्प हो । सूर्य नमस्कारबाट शरीरलाई फुर्तिलो, लचिलो र उर्जावान् बनाउन सकिन्छ ।
कसरी गर्ने सूर्य नमस्कार ?
सूर्य नमस्कारमा १२ वटा आसनको दुई क्रम हुन्छ । अर्थात ६ वटा आसनलाई दुई पटक दोहोर्याएपछि सूर्य नमस्कार पूर्ण हुन्छ । सूर्य नमस्कारको एक चरण पुरा गरेपछि, अर्को चरणमा सोहि क्रम दोहोर्याउनु पर्छ ।
सूर्य नमस्कार खाली पेट गर्नुपर्छ । अर्थात बिहानको समय सर्वोत्तम हो, सूर्य नमस्कारको लागि । यसको केहि थप सर्त तथा नियम छन् ।
१. सूर्य नमस्कार पूर्व दिसामा फर्किएर गर्नुपर्छ ।
२. सूर्य नमस्कार गरेको बेला शरीरको प्रत्येक क्रियालाई ध्यानपूर्वक एवं आरमदायक ढंगले गर्नुपर्छ ।
३. यो योग अभ्यास सुरु गर्नुअघि विज्ञको सुझाव लिनैपर्छ ।
४. सूर्य नमस्कारको तेस्रो वा पाँचौ स्थिती सर्वाकल र स्लिप डिस्कका रोगीका निम्ति बर्जित छ ।
५. यदि गंभिर रोगले ग्रस्त हुनुहुन्छ भने, सूर्य नमस्कार अघि चिकित्सकको सल्लाह लिनैपर्छ ।
६. सूर्य नमस्कार १२ पटक गनुपर्छ भनिन्छ । यद्यपी हतारमा होइन, आरमसाथ । सुरुवाती अवस्थाममा चार, पाँच पटक गरेपनि हुन्छ ।
७. सूर्य नमस्कार वा अन्य योग असान गरिसकेपछि योग निन्द्रामा पूर्ण विश्राम आवश्य गरौ । यसले हामीलाई चुस्त दुरुस्त, प्रसन्न, शान्त तुल्याउँछ ।
सूर्य नमस्कारको १२ विधी
१. प्रणाम आसन
आफ्नो आसन(म्याट)मा सिधा उभिने । दुबै खुट्टालाई आपसमा जोडने । छाती फुलाउने र काँधलाई लचिलो राख्ने ।
श्वास लिँदै दुबै हात सिधा माथि उठाउने र श्वास छाड्दै हातलाई जोडेर प्रणाम मुद्रामा आउने ।
२. हस्तउत्तानासन
श्वास लिँदै हातलाई माथि उठाउने र क्रमस पछाडि लाने ।
३. हस्तपाद आसन
श्वास छाड्दै मेरुदण्डलाई सिधा राखेर कम्मरअघि झुकाउने । पुरै श्वास छाड्दै हातको पन्जा जमिनमा राख्ने र शीरले घुँडामा स्पर्श गर्ने ।
४. अश्व संचालन आसन
श्वास लिँदै जति संभव हुन्छ, दाहिने खुट्टा पछि लाने । दाहिने घुँडालाई जमिनमा राख्न सकिन्छ, शीरलाई माथि उठाउने । बायाँ खुट्टा दुबै हातसँग समान्तर मिल्नेगरी राख्नुपर्छ ।
५. दन्डासन
श्वास लिँदै वायाँ खुट्टालाई पछि लाने र सम्पूर्ण शरीर सिधा रेखामा राख्ने ।
६. अष्टाङ्ग नमस्कार
आरामसाथ दुबै घुँडालाई जमिनमा लाने र श्वास छाड्ने । पिठ्युँलाई माथि उठाउने । छाती र चिउँडोले जमिनमा छुने ।
७. भुजंग आसन
अब छातीलाई माथि उठाउने । कुहिनालाई मोड्न सकिन्छ । श्वास लिँदै छातीलाई अगाडि धकेल्न सौम्य प्रयास गरौ । श्वास छाड्दै नाभीलाई सहज रुपले भित्र दबाउने ।
८. पर्वत आसन
श्वास छाड्दै मेरुदण्डको हड्डीको भाग माथि उठाउने । छातीलाई तल झुकाउने र अंग्रेजी वर्णमालाको उल्टो ‘भि’ पोजिसनमा रहने ।
९. अश्वसंचालन आसन
श्वास लिँदै दाहिने खुट्टालाई दुबै हातको बिचमा ल्याउने । बायाँ घुँडा जमिनमा राख्न सकिन्छ । दृष्टि माथि गर्ने ।
१०. हस्तपाद आसन
श्वास छाड्दै वायाँ खुट्टालाई अगाडि ल्याउने । हातलाई जमिनमा राख्ने र शीरले घुँडालाई छुने प्रयास गर्ने ।
११. हस्तउत्थान आसन
श्वास लिँदै मेरुदण्डको हड्डी विस्तारै विस्तारै माथि लाने । हातलाई माथि उठाउने र विस्तारै पछि लाने । पुन हातलाई अगाडि ल्याउने र सुरुको अवस्थामा रहने ।
१२. ताडासन
श्वास छाड्दै शरीरलाई सिधा पोजिसनमा राख्ने । हातलाई तल राख्ने । यस अवस्थामा विश्राम गर्नुपर्छ ।
प्रतिक्रिया 4