+
+

खुल्यो रहस्यः कसरी प्रेममा परेका थिए रणवीर र दीपिका ?

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ ९ गते १२:५१

बलिउड अभिनेता रणवीर कपूर र अभिनेत्री दीपिका पादुकोण कुनै समय गहिरो प्रेममा डुबेका थिए । तर, अब यो इतिहास भइसकेको छ ।

अहिले रणवीर र दिपिकाको पुरानो अन्तरवार्ता भाइरल बनेको छ । अन्तरवार्तामा उनीहरुले आफूहरुबिचको प्रेमसम्वन्धबारे खुलेर कुरा गरेका छन् । पीपल म्यागजिनलाई दिएको अन्तरवार्तामा उनीहरुले यो प्रेम कसरी सुरु भएको थियो भन्ने पनि खुलासा गरेका छन् ।

दीपिकाको भनाई अनुसारे डेब्यू फिल्मको समयमा उनीहरुले एक-अर्काको नाम सुनेका थिए । खासमा उनीहरु दुवैका मेकअप आर्टिस्ट भरत र डोरिस थिए ।

‘डोरिसले एक दिन मलाई भने कि रणवीर एकदम प्यारा केटा हुन् र मैले उनीसँग भेट्नु राम्रो हुन्छ,’ दीपिका सम्झिन्छिन् ।

दीपिकाका अनुसार एक दिन डोरिसले अचानक रणवीरलाई बोलाए र उनीसँग भेटाए । त्यसपछि ‘तिमीहरु कुरा गर्दै गर है’ भन्दै आफू अर्कोतिर पन्छिए । त्यसपछि दीपिका र रणवीरबिच लामै कुरा भयो । उनीहरुले एक-अर्काको फोन नम्बर आदानप्रदान गरे । त्इसको केही दिनपछि २००७ को जुलाईमा उनीहरु सँगै लन्च खान गए र पुरा दिन सँगै बिताए ।

उक्त लन्चपछि उनीहरुको प्रेम झांगियो र नियमित भेट हुन थाल्यो । एक दिन उनीहरुले सँगै मिस्टर बिनको फिल्म हेरे र रणवीरको गाडीमा टाढा घुम्न निस्किए । फर्किदा रणवीरले दीपिकालाई घरसम्म छोडिदिए । २३ फेबु्रअरी २००८ बाट आफूहरु डेट गर्न थालेको दीपिका बताउँछिन् ।

अहिले त उनीहरुको ब्रेकअप भएको पनि लामो समय बितिसकेको छ । दीपिका अहिले रणवीर सिंहसँग डेट गरिरहेकी छिन् भने रणवीर कपुर अहिले सिंगल छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?