Comments Add Comment

सर्लाहीका बाढी प्रभावितलाइ ‘प्रेमगीत २’को टिमले गर्याे राहत वितरण


चलचित्र ‘प्रेमगीत २’को यूनिटले बाढीबाट प्रभावित सर्लाहिका जनताका लागि राहत रकम र खाद्यान्न वितरण गरेको छ । चलचित्रका मुख्य कलाकारद्धय प्रदिप खड्का र अश्लेषा ठकुरीको साथमा निर्माता सन्तोष सेन राहत वितरणका लागि सर्लाही पुगेका थिए । चलचित्रको टिमले सर्लाहीको रामपुर युनाइटेड क्लबलाइ नगद ४ लाख र ४ लाख बराबरको खाद्यन्न हस्तान्तरण गरेको हो ।

बिहिबार क्लवलाइ राहत हस्तान्तरण गरेको टिमले शुक्रबार भने आफै फिल्डमा पुगेर सर्लाहीको मानपुर गाउँका प्रभावितलाइ राहत वितरण गर्ने बताएको छ ।
भदौ २ र ३ गतेको चलचित्रको व्यापार, चलचित्रका कलाकार, निर्माता र निर्देशकबाट आर्थिक संकलन गरेर बाढी प्रभावितका लागि सहयोग गरेको निर्माणपक्षले बताएको छ ।

साउन १३ गतेबाट रिलिज भएको यो चलचित्रले आक्रामक व्यापार गरेको थियो । रामशरठ पाठकले यो चलचित्रको निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment