+
+
Shares

स्थानीय तहका दलित उम्मेदवारः दल, झन्डा र चिह्न नै थाहा छैन

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ १२ गते ६:०४

१२ भदौ, काठमाडौं । दुधौरा खोला किनारमा दिनहुँ गिट्टी कुट्दै गरेको अवस्थामा भेटिन्छिन्, शान्तिदेवी राम । पुलबाट करिब ५ सय मिटरको दूरी पार गरेपछि खोलाकै किनारमा बेहेरी गाउँ, चमार टोलमा शान्तिको घर छ ।

उनले आफ्नो उमेर अड्कलसमेत पनि गर्न नसकेपछि नजिकै बसेका श्रीमानले भनिदिए – हाम्रोमा उमेर थाहा हुँदैन सर, यस्तै २५–२६ भइन् होली ।’ शान्तिदेवी नेपाली राम्ररी बुझ्दिनन् । उनी २ असोजमा हुने स्थानीय तहमा माओवादी केन्द्रबाट उम्मेदवार बनेकी छन् ।

उनका तीन छोरी र एक छोरामध्ये केही दिनअघि मात्रै जेठी छोरीको बिहे भयो । छिमेक विकास बैंकबाट ऋण लिएर उनले छोरीको बिहे राम्रैसँग गरिन् र उनले बैंकको ऋणले एउटा भैंसीसमेत पालेकी छन् । त्यही ऋण तिर्न पनि उनलाई अहिले अलि बढी मेहनत गरेर गिटी कुट्नु परेको छ ।

प्रदेश २ मा हुने स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट जितपुर–सिमरा उपमहानगरपालिका–१४ को वडा सदस्यको उम्मेदवार हुन् उनी । ‘माओवादी पार्टीको नाम मात्र सुनेको छु । मलाई पार्टीबारे केही थाहा छैन । तर म त्यही पार्टीको उम्मेदवार हुँ,’ शान्तिदेवी भन्छिन्, ‘हामीले उम्मेदवारमा नाम लेखाएपछि सुविधाहरु पाइन्छ रे भन्ने सुनेकी छु ।’ माओवादीको नाम मात्र सुनेकी उनलाई माओवादीको झन्डा र चिह्नसमेत थाहा छैन । आजको राजधानी दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?