Comments Add Comment

रारा राष्ट्रिय निकुञ्जमा कर्मचारी अभाव, वन गस्तीमा समस्या

१२ भदौ, मुगु । रारा राष्ट्रिय निकुञ्जमा कर्मचारी अभाव भएको छ । निकुञ्जमा दरबन्दी अनुरुप कर्मचारी नहुँदा प्रभावकारी काम गर्न समस्या भएको निकुञ्ज कार्यालयले जनाएको छ ।

कार्यालयमा गेम स्काउट दरवन्दीमा कर्मचारी नहुँदा वन गस्तीमा समस्या भएको हो ।

वनको नियमित गस्ती गर्न तथा चोरी–सिकारी नियन्त्रण गर्न गेमस्काउटको मुख्य भूमिका हुन्छ ।

दरबन्दी अनुसारका गेमस्काउट नहुँदा वन गस्तीमा समस्या भएको रारा राष्ट्रिय निकुञ्ज, हुटु मुगुका वन संरक्षण अधिकृत चन्द्र शेखर चौधरीले बताए ।

रारा राष्ट्रिय निकुञ्जको संरक्षणका लागि ७ वटा पोष्ट राखिएका छन् । तीमध्ये दुईवटा पोष्ट खाली छन् । ‘गोरुसैना, भुलभुले लामाचौर र ताल्चमा मात्र कर्मचारी छन्’, चौधरीले भने, ‘अन्य दुईवटा पोष्टमा १ जना पनि कर्मचारी छैनन्, वनको नियमित गस्ती गर्न सकिएको छैन ।’ उनले यसबाट चोरी सिकारी नियन्त्रण गर्ने काम प्रभावकारी हुन नसकेको गुनासो गरे ।

रारा राष्ट्रिय निकुञ्जमा जम्मा ५५ जना कर्मचारीको दरबन्दी छ । वन संरक्षणका लागि गस्ती गर्न ३० जनाको दरबन्दी छ तर स्थायी कर्मचारी ५ जनामात्र छन् ।

रारामा बढेनन् पर्यटक



पर्यटकय आकर्षण गर्न सक्ने ल्याकत रारा तालसँग भए पनि रारा ताल घुम्ने बाह्य पर्यटकको संख्या बढ्न सकेको छैन ।

सरोकारवाला निकाय, होटेल तथा पर्यटन व्यवसायीले रारा घुम्नका लागि बाह्य पर्यटक भित्र्याउन पहल गरेको बताए पनि अवस्था भने उस्तै रहेको छ ।

आर्थिक वर्ष २०६२/०६३ देखि हालसम्म रारा आउने पर्यटकको संख्या एकनासको देखिएको छ ।

आर्थिक वर्ष २०६७/०६८ मा २ सय ७ जना सबैभन्दा बढी बाह्य पर्यटक रारा ताल घुम्नको लागि पुगेको तथ्यांक छ ।

आर्थिक वर्ष २०७२/०७३ मा रारामा पुगेका बाह्य पर्यटकको संख्या १ सय ५७ जना छ । पछिल्लो आर्थिक वर्ष २०७३/०७४ मा त्यो संख्या बढेर २ सय १ जना पुगेको निकुञ्जका संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले बताए ।

पछिल्लो समयमा पर्यटक भित्र्याउन धेरै प्रयास गरेपनि बढाउन नसकेकोमा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।

विगत पाँच वर्षयता बाह्य पर्यटकको सख्या बराबर जस्तै देखिएको छ ।

रारा राष्ट्रिय निकुञ्ज पश्चिम नेपालको मुगुमा रहेको छ । यसको क्षेत्रफल १०६ बर्ग किलोमिटर छ । नेपालको सबैभन्दा ठूलो ताल रारा यसै निकुञ्ज भित्र पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment