Comments Add Comment

अवरुद्ध दरमखोला लघु जलविद्युत् आजदेखि सञ्चालनमा

१२ भदौ, गुल्मी । गुल्मीको दरमखोला लघु जलविद्युत् परियोजनाको अस्थायीरुपमा विद्युत् सेवा आजदेखि सञ्चालन भएको छ ।

पहिरोले बगाएको बाँध तथा नहरलाई अस्थायीरुपमा नहर निर्माण गरेपछि विद्युत् सेवा सञ्चालन भएको विद्युत् सञ्चालक समितिका अध्यक्ष धर्मेन्द्रकुमार मल्लले जानकारी दिए।

पचासी किलोवाट क्षमता भएको विद्युत् परियोजना सञ्चालन भएसँगै नगरपालिकाको वडा नं २, ७, ८ र छिमेकी जिल्ला बागलुङको बडिगाड गाँउपालिकाको वडा नं २ गरी चार वटा वडाका झण्डै ९०० घरधुरीका उपभोक्ताले बिजुली बाल्न पाएका छन् ।

विद्युत् सेवा सञ्चालन भएपछि बिजुली बत्ती, उद्योगधन्दा, कलकारखाना, कुटानी पिसानी, सञ्चारमाध्यमलगायत विद्युुतीय यन्त्रसमेत सञ्चालनमा आएका छन् ।

जलविद्युत् परियोजना गत तीन हप्ताअघिदेखि सोही वडाकै बसेरीका विभिन्न ठाउँमा माथिबाट खसेकोे पहिरोले विद्युत् नहरको बाँधलाई पहिरोले बगाएपछि जलविद्युत् परियोजना अवरुद्ध भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment