Comments Add Comment

बीपी साहित्य सम्मान अभि सुवेदीलाई, तिर्थराज चैतुले पाए सेनानी सम्मान

प्रा.डा. अभि सुवेदी

१२ भदौ, काठमाडौं । बीपी साहित्य सम्मान प्रा.डा. अभि सुवेदीले पाउने भएका छन् । बीपी कोइराला स्मृति ट्रष्टले प्रत्येक वर्ष प्रदान गर्ने यो सम्मान यस वर्ष सुवेदीलाई दिने निर्णय गरिएको हो ।

पुरस्कारको राशी एक लाख एक हजार रुपैयाँ छ ।

ट्रष्टका कोषाध्यक्ष पुरुषोत्तम बस्नेतको संमयोजकत्वमा ट्रष्टका सदस्यहरु बलदेव शर्मा मजगैया, डा. धुब्रचन्द्र गौतम र सुशीलमान शेरचन समेतको सिफारिस समितिको सर्वसम्मतिबाट यो निर्णय गरिएको हो ।

त्यसरी नै ट्रष्टले प्रदान गर्ने यस वर्षको सेनानी सम्मान पुरस्कार प्रजातन्त्र स्थापनाको संघर्षमा महत्वपूर्ण योगदान पुर्‍याउने दाङका तीर्थराज चैतुलाई दिने निर्णय भएको छ ।

यी पुरस्कारहरु भदौ २४ गते बीपी जयन्तिको अवसरमा काठमाडौंमा आयोजना हुने विशेष समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाबाट प्रदान गरिने ट्रष्टले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment