+
+

सुर्खेतमा जिप दुर्घटनामा परी ४ घाइते

टेकबहादुर ओली टेकबहादुर ओली
२०७४ भदौ १३ गते १८:४६

१३ भदाै, सुर्खेत । सुर्खेतको सिम्तामा जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन् ।

सिम्ता गाउँपालिकाको डाडाँखालीबाट राकम आउँदै गरेको लु १ च ७३६५ जिप व्रेकफेल भएर दुर्घटना भएको जनाइएको छ । गाउँपालिकाको वडा नं. ७ गायाखोलामा भएको दुर्घटनामा परी घाइते भएका ४ जनालाई उपचारको लागि नेपालगंज पठाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख, प्रहरी उपरीक्षक (एसपी)  मोहन आचार्यले जानकारी दिए ।

घाइतेहरुको अवस्था सामान्य रहेको अाचार्यले बताए । दुर्घटनाग्रस्त जीपमा ५ जना सवार रहेपनि १ जना सकुशल रहेका छन् ।

दुर्घटनामा कोहलपुर नगरपालिका–११ बस्ने लालसरा वली, भेरीगंगा नगरपालिका-८ का सेती वली, सिम्ता गाउँपालिका–८ का जैकला खड्का, जीपमा सवार बालक नविन राना र जितेन्द्र राना घाइते भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?