Comments Add Comment

‘रानी’को टिजर रिलिज, मलिनाको प्रेममा अनुप, सारुक र मनिष


चलचित्र ‘रानी’को टिजर रिलिज गरिएको छ । दयाराम दाहालको निर्देशनमा तयार भएको यो चलचित्रको प्रदर्शन मिति तय नगरी टिजर रिलिज गरिएको हो । भानु महर्जनको प्रस्तुतीमा तयार भएको यो चलचित्रको शिर्ष भूमिकामा नायिका मलिना जोशीले काम गरेकी छिन् । मलिनाको वरिपरी चलचित्रका अन्य ३ नायक घुमेको वुझ्न सकिन्छ ।

यो चलचित्रबाट नव–नायकहरु सारुक ताम्राकार र मनिष सुन्दर श्रेष्ठ चलचित्र क्षेत्रमा प्रवेश गर्दैछन् । चलचित्रमा अनुप विक्रम शाही, सुशान खड्काको पनि मुख्य भूमिका छ । मलिनाको रियल लाइफका पूर्व प्रेमी समेत रहेका अनुप यो चलचित्रमा भने प्रहरीको भूमिकामा देखिएका छन् । तर, टिजर हेर्दा मुख्य ३ नायक नै मलिनाको प्रेमका लागि घुमेको वुझ्न सकिन्छ ।

चलचित्रमा अर्जुन जीसीको सम्पादन, बब्बु थापा र शिशिर खातीको कोरियोग्राफी, यम थापाको लेखन, पुरुषोत्तम प्रधान, मानकृष्ण महर्जन र सिसन बाँनियाको छायांकन छ । चलचित्रका निर्माता विमलमान गुवाजु हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment