
१४ भदौ, गोरखा । गोरखामा चट्याङ लागेर एक जनाको ज्यान गएको छ ।
मंगलवार साँझ परेको चट्याङ लागेर गण्डकी गाउँपालिका– ४ पहरेपानीकी ५२ वर्षीया साननानी भट्टको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार, मंगलवार साँझ करिब सात बजेतिर बाख्रालाई घाँस दिन जाने क्रममा भट्टलाई अचानक चट्याङ लागेको थियो । चट्याङ लागेर उनको घाँटीको भाग डडेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4