+
+
Shares

मोरङका बाढीपीडितले राहत पाएनन्, पानी खाएर प्राण धान्दै

बास नहुँदा रातभर जाग्राम

रासस रासस
२०७४ भदौ १४ गते १०:४१


१४ भदौ, मोरङ । मोरङका बाढीपीडितले भोकभोकै पालमुनि जाग्राम बसेर रात काट्नु गरेको गुनासो गरेका छन् ।

आएका राहत कता गए कसैलाई अत्तोपत्तो छैन । सरकारी संयन्त्रले सबैको घरघरमा राहत पुगेको बताए पनि पीडितहरुले राहत नपाएको गुनासो गरेका छन् । बाढीपीडितलाई आवास र खानपिनको व्यवस्था गर्न सरकारले प्रतिव्यक्ति दैनिक रु ७० प्रदान गरेको छ । तर विराटनगर–७ का बाढीपीडित अहिले पनि त्यस्तो सेवाबाट वञ्चित छन् । सामान्य त्रिपालको भरमा बसेका र वर्षात् भएको रात बिताउन जाग्राम नै बस्नुपर्ने बाध्यता छ ।

बाढीपीडित विराटनगर–७ का दिनेश सहनीको घर साउन २७ गते आएको बाढीले बगायो । दाताले चलाउने दैनिक मेसबाट गुजारा चलेको थियो । अब दाता पनि आउन छाडेका छन् । उनीहरुले दिएको एउटा त्रिपालले श्रीमती र चार छोरालाई यही त्रिपालमुनि दैनिकी बिताउनु परेको उनी सुनाउँछन् । उनले भने, ‘रातमा वर्षात् भएको अवस्थामा त त्रिपाल ओडेर रातभर जाग्राम बस्छौं ।’

बाढीका कारण विस्थापित भएकालाई फेरि पटक–पटक पर्ने पानीले अझ त्रसित बनाउँछ । यसरी समस्यामा रहेकामा दिनेश मात्र छैनन्, उषा सहनी र रिङकुदेवी राय पनि यस्तै समस्यामा रहेको बताउँछन् ।

तीनसय बाढी प्रभावितको अवस्था एकै ठाउँमा यसरी समस्याग्रस्त छ ।

विराटनगर– ७ कि उषा सहनी भन्छिन्, ‘खाद्यान्नको अभावमा पानी पिएर रात कटाएका छौं । सरकारले बाढीबाट विस्थापित भएका परिवारलाई दिने भनेर उपलब्ध गराउने रु ७० का बारेमा उनीहरुलाई केही थाहा छैन ।

बाढीपीडित रिकु राय भन्छिन्, ‘रु ७० भन्दा पनि सरकारले गतिलो त्रिपाल दिए हुन्थ्यो, राति राम्रोसँग सुत्न पाउँथ्यौ कि ?’ बाढी प्रभावितलाई राज्यले दिने तत्कालीन राहत पुगे पनि बाढीपछिको अवस्थाको बारेमा खासै ध्यान गएको देखिँदैन ।

विराटनगर महानगरपालिकाले भने राहत वितरण गरिएको जनाएको छ ।

कोही राहतको पर्खाइमा हुने कोही लिएर गएको राहतको सही विवरण नदिने प्रवृत्ति ठीक नभएको बाढीपीडितको भनाइ छ । बाढी प्रभावित विगत साउन २७ गतेदेखि घरवारविहीन छन् । घर भएकाहरु घरमा फर्किए पनि घर बाढीले बगाएकाहरु कसरी घर फर्किने अनि कहाँ जाने ? भन्ने अन्यौलमा देखिन्छन् । तर विराटनगर महानगरपालिकाले भने पुनःस्थापनाको काम थालेको बताएको छ ।

महानगरका प्रमुख भीम पराजुलीका अनुसार एकपल्ट सबैलाई राहत प्रदान गरिएको छ । घरबारविहीनको पुनःस्थापना गर्ने काम सुचारु भएको छ । उनले भने, ‘पुनःस्थापनाको काम चाँडै गर्छौं ।’

 

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?