Comments Add Comment

प्रदेश र संसदको निर्वाचन २ चरणमा, मंसिर २१ गते दोस्रो चरणको चुनाव

सचिवहरूको सरुवा, सहायक रथि कार्की उपरथिमा बढुवा

१४ भदौ, काठमाडौं । सरकारले प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा गर्ने निर्णय गर्दै मंसिर २१ गते अर्को मिति तय गरेको छ । बुधबार बसेको मन्त्रीपरिषद् बैठकले निर्वाचन आयोगबाट प्राप्त सुझावका आधारमा दुई चरणमा निर्वाचन गर्ने गरी दोस्रो चरणको निर्वाचन मिति मंसिर २१ गतेलाई तोकेको हो ।

यसअघि सरकारले  दुवै निर्वाचन एकैपटक गर्ने निर्णय गर्दै मंसिर १० गतेका लागि मिति तोकेको थियो । सरकारले चुनाव दुई चरणमा गर्ने निर्णय गरे पनि कहाँ कुन चरणमा गर्ने भन्नेबारे भने केही निर्णय गरेको छैन ।

बैठकले प्रदेश प्रमुख र प्रदेशको राजधानीको बारेमा राजनीतिक सहमतिका आधारमा छलफल गरी निर्णय गर्ने र संवैधानिक परिषदबाट पदाधिकारी सिफारिस गर्ने गरी राष्ट्रिय प्रकृति तथा वित्त आयोग गठन गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए ।

बैठकले एसियाली विकास बैकबाट भन्सार क्षेत्रको सुधार तथा आधुनिकीकरणका लागि प्राप्त १५ अर्ब ४८ करोड ऋण अनुदान सहायता स्वीकार्ने निर्णय पनि गरेको छ ।

बैठकले सहायक रथी राजेन्द्र कार्कीलाई उपरथिमा बढुवा गर्दै भूमिसुधार सचिव कृष्णप्रसाद देवकोटालाई आपूर्ति मन्त्रालयमा, भूमिसुधारमा शम्भु कोइरालालाई, खानेपानीमा कृष्णराज विसी र महेश्वर न्यौपानेलाई पर्यटन मन्त्रालयमा लैजाने निर्णय सरकारले गरेको छ ।

सरकारले केही अनुसन्धान निर्देशकको पनि बढुवा गरेको छ । अनुसन्धान निर्देशक पदमा हुतराज थापा लगायत तीन जनालाई बढुवा गरिएको मन्त्री बस्नेतले जानकारी दिए ।

हेर्नुस् भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment