Comments Add Comment

श्वेताश्री फाउन्डेशनलाइ वस्ती निर्माणमा २० लाख सहयोग


नायिका श्वेता खड्का अध्यक्ष रहेको सामाजिक संस्था ‘श्वेताश्री फाउन्डेशन’ले निर्माण गर्दै गरेको ‘एकिकृत नमुना बस्ती विकास परियोजना’लाइ एक क्लबले २० लाख नगद सहयोग गरेको छ । वंगलादेशमा स्थापित ढाका क्लबले नमुना बस्ती निर्माण भैरहेको सिन्धुपाल्चोकको माझी बस्तीमै पुगेर रकम सहयोग गरेको हो ।

मंगलबार बस्तीमै पुगेर क्लबका कार्यकारी अधिकृत जाहिरुल आलिमले श्वेताश्री फाउण्डेशनका सल्लाहकार प्रेम खत्रीलाई २० लाखको चेक हस्तान्तरण गरे ।
कार्यक्रममा खत्रीले ढाका क्लबबाट प्राप्त रकमलाई सही ठाउँमा सदुपयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । यस्तै अधिकृत आलिमले गत ०७२ बैशाख १२ गते गएको भूकम्पले माझी बस्तीलाई पुर्‍याएको क्षती देखेर आर्थिक सहयोग गरेको खुलाए ।

नायिका स्वेता खड्का भने चलचित्र ‘कान्छी’को छायांकनका कारण सो कार्यक्रममा उपस्थित हुन सकिनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment