Comments Add Comment

बियर वा वाइन कसरी, किन र कति पिउने ?


चाडपर्वको मौसम सुरु हुँदैछ । र, यतिबेला नेपाली समाजले अधिक मदिरा खपत गर्छ । मदिरा स्वास्थ्यका लागि प्रतिकुल पेय हो । यसको सेवन हानिकारक मानिन्छ । यद्यपी कतिपय अवस्थामा नियन्त्रित मात्रामा मदिराको सेवनले मानसिक तथा शारीरिक थकान मेट्ने विश्वास गरिन्छ ।

खासगरी भेटघाट, चाडपर्व आदिलाई उल्लासमय बनाउन हामी मदिराको चुस्की लिने गर्छौ । मदिराजन्य पेयमा बियर निकै रुचाइएको छ । नियन्त्रित मात्रामा दैनिक बियर पिउनु स्वास्थ्यका लागि समेत राम्रो हुने विभिन्न अध्ययनमा समेत देखिएको छ । त्यसका लागि मात्रा भने निर्धारण गरिएको छ ।

अतः कुनैपनि परिकार सेवन गर्दा त्यसको सहि विधी अपनाउनु पर्छ । सहि विधी अपनाउँदा त्यसबाट बढी भन्दा बढी स्वाद लिन सकिन्छ, आनन्द उठाउन सकिन्छ । बियरमा पनि यो कुरा लागु हुन्छ । सहि ढंगले बियर पिउने हो भने, थप आनन्द उठाउन सकिन्छ ।

कसरी पिउने बियर ?

– समूहमा बियर सेवन गर्दा एकसाथ चुस्की लिएर त्यसको सुरुवात गर्नुपर्छ । बियरको गिलास उठाएर ‘चियर्स’ गर्नुपर्छ । यो बियर पिउने शिष्टचार हो ।

– सामान्यभन्दा चिसो बियर पिउनुपर्छ । बियरलाई चिसो बनाएरै पिउने हो । यदि बियरको असली स्वाद र बास्ना लिने हो भने त्यसको तापमान ३ देखि ५ डिग्रीको बिचमा हुनुपर्छ ।

– बियरलाई चिसो बनाउनका लागि कहिले पनि आइसको प्रयोग नगरौ ।

– बियरका लागि जुनसुकै गिलासको प्रयोग नगरौ । हरेक मदिराको लागि त्यसको आफ्नै विशिष्ठ गिलास हुन्छ । बियरको लागि पनि आफ्नै गिलास हुन्छ, जसमा बियर सर्भ गर्नुपर्छ ।

– बियरको फिँज हटाउनु हुँदैन । सहि ढंगले पस्किएको बियरको गिलासमा आकर्षक फिँज देखिन्छ ।

– बोत्तलमा बियर बाँकी रहेको छ भने, त्यसलाई बिर्को लगाएरै राख्नुपर्छ । नभए अक्सिडेन्सनले बियरको स्वाद बिग्रन्छ ।

कस्तो अवस्थामा बियर फाइदाजक ?

अस्ट्रेलियाको एक विश्वविद्यालयले गरेको अध्ययन अनुसार सीमित मात्रामा बियर सेवन गर्दा रचनात्मक क्षमता बढ्छ । सामान्यत ३ सय ५० एमएल बियर दैनिक सेवन गर्दा सकारात्मक प्रभाव पर्ने अध्ययनमा उल्लेख छ ।

वाइन कसरी पिउने ?

वाइन फलफूलवाट उत्पादित पेय हो, जसमा १० देखि १५ प्रतिशतसम्म अल्कोहल हुन्छ । पश्चिमा मुलुक र भारतको केहि प्रान्तमा वाइनलाई हल्का पेयको रुपमा लिइन्छ । नियन्त्रित मात्रामा पिइने भएकाले वाइनलाई मदिराजन्य भनिदैन

भनिन्छ, वाइनलाई पिएर मात्र होइन, हेरेर, महसुष गरेर, वास्ना लिएर, सुनेर आनन्द उठाउनु पर्छ ।

– वाइन पिउँदा हाम्रो पाँचवटै इन्दि्रयले यसको स्वाद लिन्छ । त्यसैले त वाइनलाई ग्लासमा खन्याउने, सर्भ गर्नेदेखि घुट्क्याउनेसम्म तरिका चाहिन्छ ।

– वाइनको प्रकृति अनुसार भिन्न-भिन्नै ग्लासमा सर्भ गरिन्छ । ग्लासमा वाइन खन्याउँदा वोत्तल र ग्लासवीच एउटा दुरी आवश्यक हुन्छ, जसले वाइन ग्लासमा झरेको आवाज पैदा गर्छ ।

– ग्लासलाई थोरै ढल्काएर त्यसको पिंधमा वाइन खन्याउँदा अर्कोतिरवाट छालजस्तै वाइन माथितिर आउँछ, जुन हेर्नमा आकर्षक हुन्छ ।

– ग्लासको एक तिहाई भाग मात्र वाइन भरिन्छ । वाइनको ग्लास उठाएर ओंठसम्म पुर्‍याउँदा त्यसको वास्ना पनि लिनुपर्छ ।

– त्यसलाई घुट्क्याउनुअघि एकछिन जिव्रोले चलाएर मुखमै खेलाउनु पर्छ । वाइनको प्रकृति अनुसार ग्लासलाई कसरी हातमा लिने भन्ने कुरा पनि ज्ञान हुनुपर्छ ।

– रेड वाइन जाडो मौसममा उपयुक्त हुन्छ भने, ह्वाइट गर्मीमा । ह्वाइट वाइनलाई पुरै चिसो वनाएर खाँदा वढी स्वादिलो हुन्छ । यसलाई ५-१० डिग्री सेन्टिग्रेडमा चिस्याएर पिउन सकिन्छ ।

– रेड वाइन मध्यन्हमा पिउन सकिन्छ, ह्वाइट चाहि साँझमा पिउनु उपयुक्त हुन्छ । वाइनसँग मासु, चिज, फलफूलको स्न्याक्स चाहिन्छ ।

कति पिउने ?

वाइन फलफूलवाटै तयार गरिएको भएपनि यसमा १० देखि १६ प्रतिशतसम्म अल्होहल पाइन्छ । अतः यसलाई एक दिनमा वयस्क मानिसले ३ सय ५० एमएलसम्म पिउन सक्छन् । नियन्त्रित मात्रामा वाइन सेवन गर्दा मानसिक तथा शारीरिक थकानवाट विश्राम मिल्ने वताइन्छ । रेड वाइनको उचित सेवनले मुटु सम्वन्धि रोगको जोखिम समेत कम गर्ने अध्ययनहरुमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment