Comments Add Comment

१ सय ६५ टन गोलभेंडा हानाहान, यसरी गरियो गोलभेंडा युद्ध (फोटोफिचर)

स्पेनमा वार्षिक गोलभेंडा युद्ध पर्व सम्पन्न भएको छ । भ्यालेन्सियाभन्दा २५ माइल पश्चिममा रहेको बुनोल सहरमा हरेक वर्ष अगष्ट महिनाको अन्तिम बुधबार ला टोम्याटिना नामक गोलभेंडा युद्ध पर्व मनाइन्छ । यो पटकको गोलभेंडा युद्ध पर्व चाहिँ विशेष रह्यो ।

किनकि यो गोलभेंडा लडाइँ पर्वले यसपटक विश्वकीर्तिमान कायम गरेको छ, विश्वको सबैभन्दा ठूलो खानेकुरा लडाइँ खेलको रुपमा ।

पर्वमा १ सय ६५ टन पाकेका गोलभेंडा एक आपसमा फ्याँकिएको छ । झण्डै २२ हजार मानिस गोलभेंडा युद्धमा सहभागी भएका छन् । जसमध्ये १७ हजार त पर्यटक नै थिए ।

गोलभेंडा युद्धका लागि भनेर सहरमा ६ वटा ठूला ट्रकमा ३६ हजार युरोका गोलभेंडा खरिद गरिएको थियो ।

ती गोलभेंडालाई गोलभेंडा युद्ध हुने प्लाजा लायाना चोकमा अर्को सानो ट्रकले ओसारेको थियो । हेरौं गोलभेंडा युद्धका रोचक दृश्यहरुः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment