Comments Add Comment

सुर्खेतमा निर्वाचन क्षेत्र निर्धारणः वीरेन्द्रनगर नगरपालिका टुक्रियो

१५ भदौ,सुर्खेत । निर्वाचन क्षेत्र निर्धारण आयोगले जिल्लामा प्रतिनिधि सभाका लागि २ र प्रदेश सभाका लागि ४ वटा क्षेत्र निर्धारण गरेको छ ।

यस अघि तीन वटा निर्वाचन क्षेत्र रहेको सुर्खेतमा प्रतिनिधि सभाका लागि २ वटा मात्रै क्षेत्र निर्धारण भएपछि पुरानो सिमाङकन तोडमोड भएको छ ।

यस अघिको क्षेत्र नं. २ लाई टुक्रयाएर १ र २ नम्बरमा राखिएको छ । पहिलेको क्षेत्र नं. ३ मा रहेको तत्कालीन लेखपराजुल गाविस पनि अहिले क्षेत्र नं. १ मा परेको छ ।

यस अघि पूर्वी सुर्खेत १ नम्बर, उत्तर-मध्य सुर्खेत २ नम्बर र पश्चित सुर्खेत ३ नम्बर निर्वाचन क्षेत्रमा रहेका थिए ।

नयाँ क्षेत्र निर्धारण अनुसार उत्तर-पूर्वी सुर्खेत १ नम्बर क्षेत्रमा परेको छ भने पुरानो वीरेन्द्रनगर नगरपालिकाको ठूलो भागसहित पश्चिम सुर्खेत २ नं. क्षेत्रमा विभाजित गरिएको छ ।

वीरेन्द्रनगर नगरपालिका टुक्रियो

प्रतिनिधि सभा र प्रदेश सभाका लागि नयाँ क्षेत्र निर्धारणका क्रममा सुर्खेतका ९ स्थानीय तह मध्ये वीरेन्द्रनगर नगरपालिका टुकि्रएको छ ।

यस अघि निर्वाचन क्षेत्र न.२ मा रहेको वीरेन्द्रनगर नयाँ क्षेत्र निर्धारणअनुसार १ र २ मा परेको छ । वीरेन्द्रनगर नगरपालिकाका १५ र १६ नम्बर वडाहरु १ नम्बर क्षेत्रमा परेका छन् भने बाँकी १-१४ नं. वडाहरु क्षेत्र नं. २ मा राखिएको छ ।

यस्तै प्रदेश सभाका लागि निर्धारण गरिएको क्षेत्रहरुमा पनि वीरेन्द्रनगर नगरपालिका विभाजित भएको छ ।

प्रदेश क्षेत्र अन्तर्गत वीरेन्द्रनगरका १५ र १६ नं. वडा २ नं. क्षेत्रमा परेका छन् भने बाँकी १-१४ वडाहरुको एउटै क्षेत्र निर्धारण गरिएको छ । यो क्षेत्र नं. ३ हो ।

कुन स्थानीय तह कुन क्षेत्रमा

प्रतिनिधि सभाका २ निर्वाचन क्षेत्रमध्ये पूर्वी सुर्खेतमा पर्ने १ नं. क्षेत्रमा सिम्ता गाउँपालिका, गुर्भाकोट नगरपालिका, भेरीगंगा नगरपालिका, लेकवेशी नगरपालिका, चिङ्गाड गाउँपालिका र वीरेन्द्रनगर नगरपालिकाका १५ र १६ वडा परेका छन् ।

यस्तै क्षेत्र नं. २ मा वीरेन्द्रनगर नगरपालिकाका १ देखि १४ वडा, बराहताल गाउँपालिका, पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिका रहेका छन् ।

२ वडा छुट्याएर वीरेन्द्रनगर एउटै क्षेत्र

प्रतिनिधि सभाका लागि ४ निर्वाचन क्षेत्र निर्धारण गरिएको सुर्खेतमा १६ वडा रहेको वीरेन्द्रनगर नगरपालिकाका १५ र १६ नं. वडा छुट्याएर छुट्टै निर्वाचन क्षेत्र बनाइएको छ । यो ३ नं. क्षेत्र बनेको छ ।

यस्तै १ नम्बर क्षेत्रमा सिम्ता गाउँपालिका र गुर्भाकोट नगरपालिका रहेका छन् । २ नम्बर क्षेत्रमा भेरीगंगा नगरपालिका, लेकवेशी नगरपालिका, चिङ्गाड गाउँपालिका र वीरेन्द्रनगर नगरपालिका १५ र १६ वडा रहेका छन् ।

क्षेत्र नं.४ मा बराहताल गाउँपालिका, पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिका रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment