Comments Add Comment

युवा कवि नवराज पराजुलीलाई पद्मश्री पुरस्कार

१५ भदौ, काठमाडौं । युवा कवि नवराज पराजुलीको पहिलो कविता संग्रह ‘सगरमाथाको गहिराई’ले यस वर्षको पद्मश्री पुरस्कार पाउने भएका छन् ।

कविता वाचनमार्फत लाखौं समर्थक बढुलेका कवि पराजुलीको ‘सगरमाथाको गहिराई’मा सानाठूला ३६ कविता समावेश छन् ।

पुरस्कार पाउने जानकारी पाएपछि कवि नवराज पराजुलीले खुसी व्यक्त गरे । पुरस्कारको राशी २ लाख रुपैयाँको छ ।

खेमलाल-हरिकला प्रतिष्ठानले प्रदान गर्ने यस पुरस्कार २०६२ सालमा स्थापित भएको थियो । प्रतिष्ठानले पद्मश्री पुरस्कार सँगसँगै पद्मश्री साधना सम्मान पनि दिँदै आएको छ । २०७३ सालको यस सम्मान रोचक घिमिरे र नगेन्द्रराजशर्माले सयुक्त रुपमा पाएका छन् ।

प्रतिष्ठानका संरक्षक लेखक/व्यवसायी जीवा लामिछानेले भने, ‘प्रतिष्ठानमार्फत् राम्रा सर्जक र सिर्जनाहरुलाई प्रोत्साहन दिन पाउनु हाम्रो लागि गौरवको कुरा हो ।’

पद्मश्री पुरस्कार र पद्मश्री साधना सम्मान दुवैको राशी दुई लाख रुपैयाँको छ । दुवै पुरस्कार/सम्मानआगामी दशैंको कोजाग्रत पूणिर्माको दिन दिइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment