Comments Add Comment

‘रेश ३’मा सलमानले रिप्लेस गरेपछि यसो भन्छन् सैफअली


बलिउडमा नायक सैफअली खानको चर्चा ‘रेश’ नामक चलचित्रका कारण पनि भयो । अब्बास मस्तानको निर्देशनमा तयार भएको चलचित्र ‘रेश १ र २’मा सैफ नै मुख्य भूमिकामा थिए । तर, अब ‘रेश ३’ पनि बन्ने पक्का भएको छ ।

तर, चलचित्रको तेश्रो संकरणमा भने सैफ मुख्य नायकको रुपमा देखिने छैनन् । यो चलचित्रमा नायक सलमान खान मुख्य भूमिकामा देखिनेछन् । साथमा उनलाइ ज्याकलिन फर्नान्डेजले साथ दिनेछिन् ।

सलमानले ‘रेश ३’मा रिप्लेस गरेको बिषयमा सैफले पहिलो पटक मुख खोलेका छन् । उनले भनेका छन्-‘मलाइ रमेशजीले गतबर्ष नै रेश ३ मा नयाँ कलाकार र नयाँ कथा हुने बताएका थिए । म सलमानलाइ शुभकामना दिन चाहन्छु । मलाइ यो चलचित्रका लागि प्रस्ताव नै गरिएको छैन ।’ उनका अनुसार ‘रेश ३’मा नयाँ कथा र नयाँ कलाकार हुनेछन् ।

रेमो डिसुजाले निर्देशन गर्न लागेको यो चलचित्र आउँदो बर्षको इदमा रिलिज हुने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment