१६ भदौ, वीरगन्ज । नेपाली कांग्रेसले अजय द्विवेदीलाई वीरगञ्ज महानगरपालिकाको उम्मेदवार बनाउने निर्णय गरेपछि शुक्रावरदेखि नै उनले घरदैलो प्रचार सुरु गरेका छन् । कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले घरदैलोको नेतृत्व गरिरहेका छन् ।
वीरगञ्जको वडा न १ र ३ मा भएको घरदैलोमा सासद राजेन्द्र बहादुर अमात्य र स्थानीय नेता कार्यकर्ताको सहभागीता थियो । पर्सामा केन्द्रीय पर्यवेक्षक शेखर कोइराला तोकिएका छन् ।
वीरगञ्जमा कांग्रेसको उपमेयर उम्मेदवारको टुंगो लागेको छैन । उपमेयर उम्मेदवार चयनमा विवाद बढ्दै गएपछि पुरानो महिला नेतृ शान्ति कार्कीलाई बनाउने सम्भावना छ ।
एमालेले यसअघिनै वीरगन्जको मेयरमा नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक बसुरुद्धिन अन्सारीलाई र सोफिया आचार्यलाई उपमेयरको उम्मेदवार घोषणा गरिसकेको छ ।
एमालेको प्रचार प्रसार अभियान एक साताअघिदेखिनै चलिरहेको छ । अभियनमा माधव नेपाल, बामदेव गौतम, बिष्णु पौडेल, शंकर पोखरेल लगायतका नेताहरु सहभागी थिए ।
संघीय समाजवादी फोरमले ब्यापारी बिजय सराबगी र माओवादी केन्द्रले युवा नेता रहबर अन्सारीलाई मेयरको उम्मेदवार घोषणा गरेका छन् । राजपामा भने बिमल श्रीवास्तव र राजेशमान सिंहबीच टिकटका लागि शक्ति प्रदर्शन चलिरहेको छ ।
प्रतिक्रिया 4