+
+
Shares

सदरमुकाम कावासोतीमै राख्ने पक्षमा कांग्रेस

रामकुमार श्रेष्ठ रामकुमार श्रेष्ठ
२०७४ भदौ १६ गते १७:५७

१६ भदौ, नवलपरासी । नेपाली कांग्रेस नवलपरासीले नवलपुर क्षेत्रको नयाँ जिल्लाको सदरमुकाम कावासोतीमै हुनु पर्नेमा नेपाली कांग्रेस प्रष्ट रहेको भन्दै आज आफ्नो धारणा सार्वजनिक गरेको छ ।

नेपाली कांग्रेसकै केहीले सदरमुकाम कावासोती बाहिर लैजाने भनी फिजाएको हल्ला गलत भएको भन्दै नेपाली कांग्रेस नवलपरासीका सभापति विष्णु लामिछानेले नेपाली कांग्रेस यस जिल्लाको सदरमुकाम कावासोतीमै राख्नु पक्षमा रहेको बताए ।

उनले पार्टीको आधिकारित धारणा कावासोती नै सदरमुकाम राख्ने भन्ने भएकोले गलत प्रचारको पछाडि नलाग्न समेत आग्रह गरे ।

शुक्रबार कावासोतीमा पत्रकारहरुसंग नेपाली कांग्रेसका धारणा सार्वजनिक गर्ने कार्यक्रममा नेपाली कांग्रेस नवलपरासीका सचिव बालकृष्ण घिमिरेको समेत सहभागिता रहेको थियो ।

कार्यक्रममा सभापति लामिछानेले नेपाली कांग्रेसका महामन्त्री डा. सशांक कोइरालासँग पनि यस विषयमा छलफल भएको र उनले सदरमुकाम कावासोती बाहेक अनेत्र लैजानेमा कुनै इच्छा चाहाना नदेखाएको दावी गरे ।

त्यसैगरी सभापति लामिछानेले नवलपुर क्षेत्रको जिल्लाको नामाकरणका विषयमा छलफल चलिरहेको र अहिलेसम्म मोटामोटी जिल्लाको नाम नवलपुर राख्ने विषयमा धेरै जसो सहमत देखिएको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?