Comments Add Comment

कसरी बनाउने आपसी सम्बन्धलाई ‘प्रदूषणरहित’


प्रदूषण केवल वातावरणमा हुन्छ । हामी यस्तै सोच्छौ । तर, हावा, पानी, आवाजमा मात्र प्रदूषण हुँदैन, त्यो भावना, बिचार, सोंचमा पनि हुन्छ । हामीसँग जतिपनि नकारात्मक भावना हुन्छ, त्यो प्रदूषण हो । विकार हो । यहि मानसिक विकार एवं प्रद्रषणले हाम्रो सम्बन्धलाई धराप बनाउँछ । रिस, अहंकार, दम्भ, लोभ पनि त्यही तत्व हो, जसले प्रदूषण निम्त्याउँछ ।

सकारात्मक सोचौं

यदि कसैले गलत काम गर्‍यो । हाम्रो अपेक्षा अनुसार काम गरेन भने, हामी तुरुन्तै त्यसको प्रतिक्रिया जनाउँछौ । उसलाई गाली गर्छौ । हाम्रो मनमा त्यस व्यक्तिप्रति नकारात्मक भावना जाग्छ । यहि भावनाले हामीलाई प्रदूषित गर्छ ।

के गर्ने ?

– क्षणिक घटनालाई हेरेर कसैलाई हेर्ने धारणा बनाउनु हुन्न ।

– हरेक कुरामा तुरुन्तै प्रतिक्रिया दिनु हुन्न ।

– अरुबाट धेरै अपेक्षा नगरौ ।

– सकारात्मक सोचौं ।

रिस नियन्त्रण

रिस, आवेग, क्रोध मानविय कमजोरी हो । र, स्वभाविक पनि । हामी सबैलाई रिस उठ्छ । तर, त्यसलाई कहिले, कहाँ र कसरी पेश गर्ने भन्ने कुरामा ध्यान दिनुपर्छ ।

के गर्ने ?

– जब रिस उठ्छ, तब मुखलाई नियन्त्रण गर्न सकिदैन । जथाभावी बोलिन्छ र त्यसले ठूलो रुप लिन सक्छ ।

– त्यसैले सामान्य अवस्थामा नै तय गर्नुपर्छ कि, संभावित झगडामा कसरी आफुलाई नियन्त्रण गर्ने भन्ने कुरा ।

– रिसलाई नियन्त्रण गर्ने सबैभन्दा राम्रो विधी भनेको योग, ध्यान हो । यद्यपी रिस उठेको बेला योग गर्ने होइन, यसलाई आफ्नो दिनचर्याको एउटा हिस्सा बनाउनुपर्छ ।

– सकारात्मक उर्जा मिल्ने पुस्तक पढ्नुपर्छ । अध्यात्म, दर्शनको पुस्तक अध्ययन गर्नुपर्छ, यसले रिसलाई कावुमा राख्न मद्दत मिल्छ ।

शंका-उपशंका

कुनैपनि सम्बन्धमा फाटो ल्याउने तत्व हो, शंका-उपशंका । यो निकै खतरनाक हुन्छ । यसले सम्बन्धलाई प्रदूषित बनाउँछ ।

के गर्ने ?

– आफुलाई लागेको कुरामा स्पष्ट हुने प्रयास गरौ । कुनै कुरामा द्विविधा भए स्पष्ट हुनुपर्छ ।

– संवाद गर्नुपर्छ, अन्र्तक्रिया गर्नुपर्छ ।

– कुनैपनि कुरामा प्रतिक्रिया जनाउनुअघि त्यसको सत्य-तथ्य खोज्ने प्रयास गरौ ।

– अरुको कुरा सुन्ने र मनन गर्ने गरौ ।

इगो

सम्बन्धमा प्यार-समर्पण कायम राख्नका लागि इगो जस्तो भावना त्याग्नैपर्छ । कसैसँग सम्बन्ध स्थापित गरिन्छ भने त्यसमा इगो, अहंकारलाई प्रवेश गर्न दिनै हुन्न । किनभने यसले राम्रो सम्बन्धलाई पनि प्रदूषित बनाउँछ ।

के गर्ने ?

– स्वंमलाई भयांकर सम्झने, विशेष ठान्ने प्रवृत्ति त्याग्नुपर्छ ।

– धन, शक्ति, सौन्दर्य आदिको आडमा कसैप्रति हेय भाव नराख्ने ।

– सम्बन्ध र मित्रताको महत्व बुझौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment