+

एसिया कप : भारतले श्रीलंकालाई सुपर ओभरमा हरायो

२०८२ असोज  ११ गते ७:०९ २०८२ असोज ११ गते ७:०९
एसिया कप : भारतले श्रीलंकालाई सुपर ओभरमा हरायो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एसिया कप क्रिकेटअन्तर्गत सुपर फोरको अन्तिम खेलमा भारतले श्रीलंकालाई सुपर ओभरमा हराएको छ।
  • श्रीलंकाले दिएको ३ रनको लक्ष्य भारतले पहिलो बलमै पूरा गर्‍यो।
  • एसिया कपको उपाधिका लागि आइतबार भारत र पाकिस्तानबीच फाइनल खेल हुनेछ।

११ असोज, काठमाडौं । यूएईमा जारी एसिया कप क्रिकेटअन्तर्गत सुपर फोरको अन्तिम खेलमा भारतले श्रीलंकालाई सुपर ओभरमा हराएको छ ।

शुक्रबार राति भएको हाइ स्कोरिङ भिडन्तमा निर्धारित २० ओभरमा खेल बराबरी भएपछि सुपर ओभर खेलिएको थियो । सुपर ओभरमा श्रीलंकाले दिएको ३ रनको लक्ष्य भारतले पहिलो बलमै पूरा गर्‍यो ।

त्यसअघि भारतले दिएको २०३ रनको लक्ष्य पछ्याउँदा श्रीलंकाले पनि २० ओभरमा ५ विकेट गुमाएर २०२ रन बनाएपछि टाई भएर सुपर ओभरमा पुगेको थियो ।

ओपनर पथुम निसान्काले एसिया कपको पहिलो शतक बनाएपनि जितका लागि पर्याप्त भने भएन । उनी १०७ रन बनाएर २०औं ओभरको अन्तिम बलमा आउट भए ।

त्यस्तै कुसल परेराले ५८ रन बनाए । निसान्का र परेर मिलेर दोस्रो विकेटका लागि १२७ रनको साझेदारी गरेका थिए । दशुन शनका २२ रनमा अविजित रहे ।

भारतका हार्दिक पान्ड्या, अर्शदीप सिंह, हर्षित राना, कुलदीप यादव र वरुण चक्रवर्तीले १-१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले २० ओभरमा ५ विकेट गुमाएर २०२ रन बनाएको थियो । ओपनर अभिषेक शर्माले ६१ रन बनाए । तिलक वर्मा ४९ रनमा अविजित रहे । सन्जु सामसनले ३९ रन बनाए ।

श्रीलंकाका महीश थिक्साना, दुश्मान्था चमीरा, वानिन्दु हसरंगा, दशुन शनका र चरिथ असलंकाले १-१ विकेट हात पारे ।

सुपर फोरमा श्रीलंका जितविहीन हुँदा भारत अपराजित रह्‍यो । भारत समूह चरणदेखि नै अपराजित छ ।

एसिया कपको उपाधिका लागि आइतबार भारत र पाकिस्तानबीच फाइनल भिडन्त हुनेछ ।

एसिया कप क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय