Comments Add Comment

सुदूरपश्चिममा गौराको मौलिकता गुम्दै

१७ भदौ, डडेल्धुरा । पार्वतीले महादेव पति पाउँ भनेर गरेको निरहार तपस्या वा ब्रतको सम्झनास्वरुप मुख्यतः नेपालको सुदूरपश्चिममा गौरा पर्व मनाइन्छ । यस वर्षको गौरामा पनि सुदूरपश्चिमका महिलाहरुले ब्रत बसेर तथा देउडा खेलेर गौरा मनाए ।

आधुनिकताका नाममा परम्परागत तथा मौलिक पर्वहरु केहि मोडिएका छन् । समयक्रम अनुसार परिवर्तन हुनु स्वभाविकै भएपनि पर्वको नाममा बिकृति मौलाइरहेकोतर्फ सुदूरपश्चिमेली सचेत जनताको चिन्ता छ ।

गत बिहीबार डडेल्धुरामा राष्ट्रिय गौरा महोत्सव सुरु भयो । भोलिसम्म चल्ने महोत्सवमा देउडा, चैत धुमारी, फाग तथा गौरा नचाउने लगायतका सांस्कृतिक कार्यक्रम भइरहेको छ ।

गौराको मौलिकता भनेको आफ्नो भुगोल र परिवेश अनुसार बसोबास गरिरहेका ठाउँमा गाउँभरिका सबैजना भेला भएर हर्षोल्लासका साथ मनाउनु हो । तर अहिले महोत्सवका नाममा पर्वको व्यापार भइरहेकोमा डडेल्धुरा हाटगाउँकी राधादेवी उप्रेतीको गुनासो छ ।

अनलाइनखबरसँगको भेटमा उनले दुखेसो गरिन्, ‘पहिले पहिले गाउँमै गौरा मनाइन्थ्यो , सब जना देउडा खेल्थे गौरा नचाउथे तर आजभोली गाउँमा कोहि छैन सब यता आए ‘

‘गाउँमा हिजो नै गौरा सकेर सबै यता आए र म पनि बजारको गौरा हेर्न आए’ “आजु मेरी लली”…… पुरानो फागको लय गाउँदै उनले थपिन् ।

महोत्सवमा व्यपारिक स्टलहरु राखिएको छ । गौराको रमझम भन्दा गाउँगाउँबाट आएका मानिसहरुलाई सदरमुकामको मिष्ठान्न भोजनले लोभ्याउने गरेको छ । डडेल्धुरा सदरमुकामका अचाउमिन, मःम व्यपारीहरु अहिले मालामाल छन् ।

गौराको अवसरमा सदरमुकामको बसपार्कमा बसपार्क क्षेत्रमा रहेको होटलहरुमा प्रत्येकमा ५०/६० किलोसम्म चाउमिन खपत हुने गरेको त्यहाँमा व्यवसायीले बताए ।

महोत्सवमा सवारी र मानिसको चाप स्वभाविक हो । यसैत साँघुरो डडेल्धुरा सदुमुकामको बसपार्क झन यस्तो कार्यक्रम आयोजना हुँदा ट्राफिक प्रहरीलाई गाडी व्यपस्थापन गर्न गाह्रो हुने गरेको छ । प्रदेश नं ७ को पहाडी जिल्ला जस्तै बैतडी, बझाङ, दार्चुलाको गाडी तथा डडेल्धुराका ग्रामीण सडकहरुमा यसै बसपार्क बाट जाने हुँदा यात्रुहरुले सास्ती भोग्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment