Comments Add Comment

पुनर्वास सीमा विवादः एसएसबीले बाटो छेक्दा नेपाली मर्कामा

शहीदपत्नीको गुनासो– सरकारले पहल नगर्दा न्याय पाइनँ

१८ भदौ, कञ्चनपुर । गत फागुन २६ गते सीमा विवादका क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले चलाएको गोली लागेर गोविन्द गौतमको ज्यान गएपछि बन्द रहेको पुनर्वास नगरपालिका–६, आनन्द बजार सीमा नाका अझै चल्न सकेको छेन ।

नेपालीहरुले विवादित कल्भर्ड नेपाली भूमिमा बनेकोले उक्त भूमि नेपालको भएको दाबी गरिरहेका छन् भने भारतीयहरु उक्त भूमि आफ्नो बताउँदै आइरहेका छन् ।

तर, भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले अन्य नाकाहरुमा निर्वाध रुपमा आवत–जावत गर्न दिए पनि सो नाका भएर भारतीय बजार बसही जान भने रोक लगाइएको छ ।

घटनाको केही दिनपछि नेपाली पक्षले आवतजावत सहज बनाए पनि भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले भने कुनै पनि हालतमा उक्त नाका भएर भारत जान नदिने भन्दै पूर्ण रुपमा रोक लगाएको छ ।


स्थानीय हेमन्त न्यौपानेले नेपालको तर्फबाट नाका सहज बनाइए पनि एसएसबीले कल्भर्ट कब्जामा लिएर कसैलाई आवतजावत गर्न नदिएको बताए । उनले हाल उक्त क्षेत्रमा सशस्त्र प्रहरीको सीमा सुरक्षा बल राखिएको भए पनि उनीहरुले सीमा खुलाउन कुनै पहल नगरेको बताए

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले उक्त क्षेत्र विवादित भएको भन्दै आफूले नाका सहजका लागि पहल गरिरहेको बताए । उनले दुवै देशका सीमाविदहरुको छलफलबाट मात्रै दीर्घकालिन समस्या समाधान गर्न सकिने भन्दै त्यसका लागि मन्त्रालयमा पत्राचार गरेको जानकारी दिए ।

उता, सहीदपत्नी लक्ष्मी गौतमले एसएसबीले अहिलेसम्म घटनाको जिम्मेवारी नलिएको भन्दै दुःख व्यक्त गरेकी छन् । उनले नेपाल सरकारले पहल नगरिदिँदा भारतीय पक्षबाट पाउनु पर्ने क्षतिपुर्ति समेत नपाएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment