Comments Add Comment

एनआरएनमय बन्यो दुबई, ७ क्षेत्रीय समितिमा नयाँ नेतृत्व

३ सेप्टेम्बर, युएई । गैरआवासीय नेपाली संघ, युएईको अधिवेशन आगामी सेप्टेम्बर १५ मा हुने भएपछि युएईको नेपाली समुदाय एनआरएनमय बन्दै गएको छ । गैरआवासीय नेपाली संघका आठवटा क्षेत्रीय समितिहरुको अधिवेशन तीव्र गतिमा सम्पन्न भएरहेका छन् । बकर इदको बिदाको अवसर पारेर एनआरएनका सबै क्षेत्रीय समितिको अधिवेशन यही सेप्टेम्बर १ र २ तारिखमा सम्पन्न भएका छन् ।

यसबीचमा अबुधाबी क्षेत्रबाहेक सबै क्षेत्रले एनआरएनमा नयाँ कार्यसमिति पाएको छ ।

अबुधावी क्षेत्रमा भने सहमतिमा नेतृत्व चयन हुन नसकेपछि अधिवेशन आगामी ८ सेप्टेम्बरका लागि सारिएको छ । प्राप्त सूचना अनुसार यसपालि झापाली समाजका प्रतिनिधिहरुको बाहुल्य भएपछि अल्पमत पक्षले अघिवेशनको वातावरण बिथोलेको आरोप छ ।

गैर आवासीय नेपाली संघ, युएईको फुजेरा क्षेत्रीय समन्वय कमिटिको अध्यक्षमा वीरेन्दकुमार खड्का सर्वसम्मत चयन भएका छन् । अर्घाखाँँची घर भएका खड्का फुजेरा क्षेत्रका लोकप्रिय व्यक्तित्वका रुपमा परिचित छन् ।

निर्वाचन समितिका सचिव त्रिलोचन कोइराललाले दिएको जानकारी अनुसार उपाध्यक्षमा शेरबहादुर सुनार र टेकबहादुर बिक रहेका छन् । त्यसरी नै सचिवमा डोलराज न्यौपाने, सहसचिवमा लक्ष्मण पौडेल, कोषाध्यक्षमा हरिप्रसाद ढकाल सर्वसम्मत चयन भएका छन् ।

कार्यसमितिको सदस्यमा दीपेन्द्र गजुरेल, होमबहादुर नेपाली, मेघराज कँडेल, कृष्णप्रसाद पौडेल रहेका छन् । यस क्षेत्रबाट २३ जना केन्द्रीय अधिवेशन प्रतिनिधि चयन भएका छन् ।

युएईमा लामो समयदेखि क्रियाशील सामाजिक व्यक्तित्व गोपाल पौडेल एनआरएन अलऐन क्षेत्रीय समितिको अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । झापा स्थायी घर भएका पौडेल नेपाली समाजका पुराना पदाधिकारी हुन् । अलऐन क्षेत्रको सचिवमा सक्रिय पत्रकार तथा झापाली समाज एलऐन क्षेत्रका सचिव डिल्लीराम हुमागाई सर्वसम्मत चयन भएका छन् ।

उक्त समितिको उपाध्यक्षमा सञ्जय झा र प्ररुसा श्रेष्ठ चयन भएका छन् भने सहसचिवमा प्रवीन साह, कोषाध्यक्षमा दिपेन्द्र केसी पदासीन भएका छन् । उक्त समितिको सदस्यहरुमा क्रमशः सुनीलकुमार पूर्वे, योगेश गुरुङ, चिजकुमार श्रेष्ठ, जीवन योन्जन, केशव पौडेल, कुलबहादुर तामाङ र कुमारी तामाङ चयन भएको नवनियुक्त सचिव डिल्लीराम हुमागाईंले जानकारी दिए ।

जनार्दन सुवेदी एनआरएनए राक क्षेत्रीय अध्यक्षमा चुनिएका छन् । उपाध्यक्षमा रामबहादुर शाही र सचिवमा सुनील चौहान राक क्षेत्रमा सर्वसम्मत चयन भएका छन् । कोषाध्यक्षमा मानबहादुर बडुवाल रहेका छन् भने सदस्यहरुमा रुकमान थापा मगर, मुकेशरन्जन शाह, हिमाल शाही, तुल जैसी, बलराम लामिछाने, सुजनबहादुर मल्ल, हरिबहादुर बुडा र युवा संयोजकमा आगामी बैठकले नियुक्त गर्ने गरी विज्ञान खड्का चयन भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment