Comments Add Comment

वरुणले उछिनेपछि सिद्धार्थले करणलाइ गुहारे


चलचित्र ‘स्टूडेन्ट अफ दि इयर’बाट बलिउडमा नायकद्धय बरुण धवन र सिद्धार्थ मल्होत्राको उदय भयो । एकसाथ हिटको पगरी गुथ्दै बलिउडमा प्रवेश गरेका यी दुइ नायकमध्ये अहिले एकले अर्कालाइ पछि पारिसकेका छन् । नायक बरुण धवनले सिद्धार्थलाइ धेरै नै पछि पारेको अवस्था हो ।

नायक बरुण धवनले बलिउडमा प्रवेश गरेपछि एउटा पनि असफल चलचित्र दिएका छैनन् । उनी, अभिनित नवौ चलचित्र ‘जुड्वा २’ पनि केही हप्तामा रिलिज हुँदैछ । यो चलचित्र पनि हिट हुने विश्लेषण गरिएको छ ।

बलिउडमा बरुण नयाँ सुपरस्टारको रुपमा अगाडि बढिरहँदा नायक सिद्धार्थ मल्होत्रा भने असफल भैरहेका छन् । उनी, अभिनित पछिल्लो चलचित्र ‘ए जेन्टलम्यान’ पूर्ण रुपमा असफल भयो । यो चलचित्र पनि असफल भएपछि सिद्धार्थ तनावमा छन् ।

उनले, आफ्ना बलिउडका गुरु निर्माता तथा निर्देशक करण जोहरलाइ एउटा लभ स्टोरी चलचित्र निर्माण गर्नका लागि आग्रह गरिरहेका छन् । करण जोहरले नै बलिउडमा आफ्नो करिअर जोगाउन सक्छन् भन्ने सिद्धार्थको सोच छ । बरुण सफलताको सिढी चढिरहेको समयमा सिद्धार्थ भने करणसँग हारगुहार गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment