
१८ भदाै, काठमाडौं । सञ्चारकर्मी गोपीकृष्ण ढुंगानाले अाफ्नो गजलको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । संगीतकार अर्जुन पोखरेलको संगीत र भुवन रावत ‘क्षितिज’ को स्वरमा ‘तिम्रा लागि यो ठाउँ छोडी सरी जान तयार छु म, यदि तिमी भन्छ्यौ भने मरी जान तयार छु म…’ बोलको गजलको म्यूजिक भिडियो सार्वजनिक भएको हो ।
‘द डिभाइन म्यूजिक’ ले गीतकाे म्यूजिक भिडियो बनाएको हो । गीतमा सम्पदा बाँनिया र प्रमोद भारद्वाजले अभिनय गरेका छन् । भिडियो बिभोर पोखरेलले निर्देशन र बलराम बुढाथोकीले छायांकन गरेका हुन् ।
गीतकार गोपीकृष्ण ढुंगानाले भने, ‘स्वार्थी प्रेमीकाका लागि एउटा उदार प्रेमीले कस्तोसम्म त्याग गर्न सक्छ भन्ने भावमा गजल तयार पारिएको छ ।’
अञ्जु पन्त, दिपक लिम्बु, मिलन अमात्य, तेज आले लगायत गायक गायिका र शक्ति बल्लभ, रत्नबहादुर, हरि लम्साल, विजय खालिङ लगायत संगीतकारले गरी झन्डै एक दर्जन गीत रेकर्ड गराएका ढुंगानाको म्यूजिक भिडियो भने यो दोस्रो हो ।
भिडियो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4