Comments Add Comment

निर्वाचनलाई भयरहित बनाउन सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन

१८ भदौ, जनकपुर । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले स्थानीय निकायको तस्रो चरणको चुनावलाई भयरहित वातावरणमा सम्पन्न बनाउन सुरक्षा निकायको महत्वपूर्ण भूमिका हुने भन्दै जिम्मेवारी पूरा गर्न निर्देशन दिएका छन् ।

जनतामा अहिले निर्वाचनप्रति उत्साह देखिएको बताउँदै यस वर्ष संविधान कार्यान्वयनको लागि तीनवटै तहको निर्वाचन सम्पन्न हुनुपर्ने भएकोले शान्ति सुरक्षाका लागि सुरक्षा निकायको काँधमा ठूलो जिम्मा आएको बताए ।

जनकपुरमा २ नम्बर प्रदेश स्तरीय सुरक्षा भेलालाई सम्बोधन गर्दै गृहमन्त्री शर्माले सुरक्षा निकायको सक्रियताले मात्रै निर्वाचन सम्पन्न हुने बताए ।

अहिले जनतामा निर्वाचनप्रति उत्साह देखिएको बताउँदै उनले केही ठाउँमा आएको बाढीको कारणले समस्या आएको भएपनि बाटो बनाउने कार्यमा नेपाली सेना परिचालन भएको कारणले गर्दा समस्या नआउने बताए ।

उनले राजपा निर्वाचनमा सहभागिता जनाएपछि निर्वाचनमा सहजता आएको बताएका छन् ।

सुरक्षा गोष्ठीमा आठ वटै जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको छ ।

गोष्ठीमा गृहमन्त्री शर्मा, गृहराज्य मन्त्री श्यामकुमार श्रेष्ठ, निर्वाचन आयुक्त ईला शर्मा, गृहसचिव लोकदर्शन रेग्मीसहित सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति छ ।

वीरेन्द्र रमणबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment