Comments Add Comment

प्रदेश नं. ६ मा अखिल नेपाल चलचिलकर्मी संघ गठन


१८ भदौ, काठमाडौं । अखिल नेपाल चलचित्रकर्मी संघ प्रदेश नं. ६ को प्रथम भेला काठमाडौंमा सम्पन्न भएको छ ।

आइतबार भएका भेलाले कमलप्रसाद शर्माको अध्यक्षतामा केही सदस्य पछि मनोनित गर्ने गरी १७ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

कमलप्रसाद शर्माको अध्यक्षतामा चयन गरिएको कार्यसमितिको उपाध्यक्षमा भिम पौडेल र तिलक चयन भएका छन् ।

यस्तै सचिवमा निर्मल पौडेल, सहसचिवमा सागर चलाउने र कोषाध्यक्षमा विकास वली चयन भएका छन् ।

कार्यसमिति सदस्यहरुमा अशोक थापा, भूपेन्द्र विसी, यज्ञ विक, विष्णु फडेरा, वविेक जोशी र दया चौधरी चयन भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment