Comments Add Comment

एनआरएनए जापानको चुनावमा ७२.६५ प्रतिशत मत खस्यो, मतपरिणाम केहिबेरमै आउने

३ सेप्टेम्बर, टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको नयाँ नेतृत्व चयनका लागि मतदान सकिएको छ ।

निर्वाचन समितिले निर्धारण गरेको समयअनुसार अाइतबार बिहान १० बजेदेखि सुरु भएको मतदान साँझ ६ बजेर २० मिनेटमा जाँदा सकिएको हो ।

अनलाइन भोटिङमार्फत गरिएको मतदानमा जम्मा ७२.६५ प्रतिशत मत खसेको निर्वाचन समितिले बताएको छ । १० हजार ३ सय २७ मतदाता रहेको एनआरएनए जापानको अाइतबारसम्म निर्वाचनमा जम्मा ७ हजार ५०३ मत खसेको थियो ।

मतदानका लागि एनआरएनए जापानको १३ वटा क्षेत्रमा मतदान केन्द्र तोकिएको थियो । मतदानबाट २ उपाध्यक्ष, १ सचिव, १ महिला सदस्य र ५ केन्द्रीय सदस्य चुनिनेछन् ।

मत परिणाम केही समयमा एनआरएनए जापानको वबसाईटमार्फत सार्वजनिक गरिने समितिका संयोजक ओम गुरुङले बताए । यसअघि अध्यक्षमा टासी वाङ्दी लामा, बरिष्ठ उपाध्यक्षमा देविलाल भण्डारी, महिला उपाध्यक्षमा अनिता गुरुङ (लामा), महासचिवमा बुद्धिराज घिमिरे, कोषाध्यक्षमा कालिकाथापा र सह-कोषाध्यक्षमा रामथापा (अनिल) सर्बसम्मत् चयन भइसकेका छन् ।

नेतृत्वमा पुग्नका लागि उपाध्यक्षमा ५, सचिवमा २, महिला सदस्यमा ३ र केन्द्रीय सदस्यमा २१ जनाको उम्मेदवारी परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment