+
+
Shares

निर्वाचन क्षेत्र निर्धारणप्रति मसालको आपत्ति

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ १८ गते १७:३३

१८ भदौ, काठमाडौं । निर्वाचन क्षेत्र निर्धारण आपत्तिजनक भएको भन्दै नेकपा मसालले कडा विरोध गरेको छ ।

पार्टीका महामन्त्री मोहनविक्रम सिंहले एक वक्तव्य जारी गरी क्षेत्र निर्धारण गर्दा ९० प्रतिशत जनसंख्यालाई र १० प्रतिशत भूगोललाई आधार बनाइदा क्षेत्रीय असन्तुलन भएको भन्दै आपत्ति जनाएका हुन् ।

क्षेत्र निर्धारण गदा निर्वाचन क्षेत्रको विभाजन गर्दा गम्भीर प्रकारको क्षेत्रीय असन्तुलन हुनुको साथै देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामा गम्भीर आँच पुग्ने वक्तव्यमा उल्लेख गरिएको छ ।

साथै प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो भारत भ्रमणको बेलामा दिएको अभिव्यक्तिले राष्ट्रियता र सार्वभौमिकतामा आँच पुगेको भन्दै खबरदारिका लागि अन्य राजनीतिक शक्तिहरुसहित संयुक्त कार्यक्रम गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?