Comments Add Comment

चार करोडमा बन्यो दुई गाउँपालिका जोड्ने पुल

१८ भदौ, ताप्लेजुङ । ताप्लेजुङको पश्चिमी मेरिङ्देन र आठराई त्रिवेणी गाउँपालिकाको सिमानामा रहेको मैवाखोलामा पक्की मोटरेवल पुल निर्माण भएको छ । चार करोड रुपैयाँ लागतमा पुल निर्माण गरिएको हो ।

सेवालुङ निर्माण सेवा प्रा.लि. ताप्लेजुङले निर्माण गरेको उक्त पुलको लम्बाई ३६.४० मिटरको रहेको छ ।

मेरिङ्देनको खाम्लुङ र आठराई त्रिवेणीको चाँगे जोड्ने पुल निर्माण सम्पन्न भ

मैवाखोलामा पक्की मोटरेवल पुल निर्माण भएपछि स्थानीयवासी पनि हषिर्त भएका छन् ।

गाउँगाउँमा पहिलेदेखि नै सडकहरु निर्माण भए पनि पुल नहुँदा यातायातएसँगै बाह्रै महिना सवारीसाधन सञ्चालन गर्न सकिने सेवालुङ निर्माण सेवा प्रा.लि.का प्रवन्ध निर्देशक जसबहादुर लिम्बूले बताए ।का साधनहरु सञ्चालन हुन नसकेको अवस्थामा पुल निर्माण भएपछि स्थानीयबासी हषिर्त भएका हुन् ।

उक्त पुल निर्माणले अब आठराई त्रिवेणी, मैवाखोला र मेरिङ्देन गाउँपालिकाअन्तर्गतका साविक दर्जन बढी गाविसमा सवारीसाधन सहज रुपमा सञ्चालन गर्न सकिने भएको स्थानीयले बताएका छन् ।

यस्तै हाल निर्माण भइरहेको तमोर करिडोर साथै कोशी राजमार्ग धरान-धनकुटा मुलघाट-बसन्तपुर हुँदै संखुवासभाको गुफापोखरी-ताप्लेजुङ सडक पनि यही पुलमा जोडिने भएकाले यसलाई निक्कै महत्वपूर्ण पुलको रुपमा हेरिएको छ ।

मैवाखोलामा निर्माण भएको यो पुल र नजिकै निर्माणाधीन अवस्थामा रहेको दोभानस्थित तमोर नदीको पुल सम्पन्न भएमा जिल्लाकै समृद्धिको ढोका खुल्ने पनि बताइएको छ ।

सदरमुकाम फुङ्लिङ र साविक जिल्लाको क्षेत्र नं. २ जोड्नेगरी तमोर नदीमा मोटररेवल पुल निर्माणाधिन अवस्थामा रहेको छ ।

मैवाखोलाको पुल बनेपछि र तमोरको पनि पुल निर्माण सम्पन्न भएमा ताप्लेजुङ सदरमुकामदेखि गुफापोखरी-बसन्तपुर-धनकुटाअन्तर्गत कोशी राजमार्ग हुँदै तराईसँग सीधा सडक सञ्जाल जोडिने छ । तमोर नदीको पुल पनि आउँदो हिउँदभित्र निर्माण सम्पन्न हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment