+
+
Shares

सानिमा बैंकको १६ प्रतिशत, रिडी हाइड्रोको ६ प्रतिशत बोनस घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ १९ गते १५:१९


१९ भदौं, काठमाडौं । सानिमा बैंकको भदौं १६ गते बसेको सञ्चालक समितिको बैठकले १६ प्रतिशत बोनस लाभांश दिने प्रस्ताव गरेको छ ।
बैंकको प्रकाशित वित्तीय विवरणको नाफा अनुसार १४ प्रतिशत लाभांश क्षमता देखिएको थियो । बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत र साधारण सभाबाट पारित हुन बाँकी छ ।

यता, रिडी हाइड्रोपावर कम्पनीले ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.३१५७ प्रतिशत नगद लाभांशको घोषणा गरेको छ ।

कम्पनीको भदौं १६ गतेको सञ्चालक समितिको बैठकले यस्तो प्रस्ताव गरेको हो । यो प्रस्ताव कम्पनीको साधारण सभाले पारित गर्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?