+
+
Shares

प्रदेश २ मा उम्मेदवारी दर्ता भोलि, तयारी पूरा

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ २० गते १५:१६


२० भदौ, काठमाडौं । प्रदेश २ को स्थानीय चुनावका लागि भोलि हुने उम्मेदवारी दर्ताको सबै तयारी पूरा भएको छ ।

निर्वाचन आयोगले मंगलबार पत्रकार सम्मेलन गरी तयारी पुरा भएको जनाएको हो । उम्मेदवारी दर्तार्का लागि विहान १० बजेदेखि साँझ ५ बजेसम्मको समय तोकिएको छ ।

प्रदेश २ का ८ जिल्लाका १३६ स्थानीय तहमा असोज २ गते स्थानीय तहको चुनाव हुँदैछ ।

प्रदेश २ मा एक महानगर, तीन उपमहानगर, ७३ नगरपालिका र ५९ गाउँपालिका छन् । सबै स्थानीय तहको वडा संख्या १ हजार २७१ छन् ।

प्रदेश २ मा २६ लाख ६४ हजार ९५० मतदाता छन् भने ३ हजार ५७९ मतदान केन्द्र तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?