+
+
Shares

नयाँ स्वास्थ्य नीति बनाउन ९ वटा कार्यदल गठन

डेढ महिनाभित्र मस्यौदा तयार गरिने

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ २० गते १७:२३

२१ भदौ, काठमाडौं । स्वाथ्य नीति निर्माणका लागि एउटा परामर्श समिति र ९ वटा कार्यदल गठन गरिने भएको छ ।

नयाँ संबिधानमा आधारित राष्ट्रिय स्वास्थ्य नीति तर्जुका लागि मंगलबार बसेको ‘नयाँ स्वास्थ्य नीति निर्माण उच्चस्तरीय समिति’को पहिलो बैठकले यस्तो निर्णय गरेको हो ।

स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा बसेको ११ सदस्यिय उच्चस्तरीय समितिको पहिलो बैठकले कार्ययोजना, विभिन्न कार्यदल गठन, नीति निर्माण सम्बन्धी कागजातको सम्बन्धमा, सुझाव संकलनका लागि गोष्ठी, सेमिनार सञ्चालन तथा बजेट कार्यक्रम सम्बन्धमा छलफल गरेको थियो ।

बैठक पश्चात्त पत्रकारहरुसित संक्षिप्त कुराकानी गर्दै समितिका कार्यकारी उपाध्यक्ष डा. महेश मास्केले मंगलबार गठित नौ वटा छुट्टाछुट्टै कार्यदलले स्वास्थ्य प्रणाली, आधारभूत स्वास्थ्य सेवा, आधारभूत स्वास्थ्य सेवामा स्वास्थ्य वीमाको सहज पहुँच, नर्सिङ्ग सेवा, चिकित्सा शिक्षा, मेडिकल काउन्सिल लगायतका स्वास्थ्य सम्बन्धी सबै विषयलाई समेट्ने गरी काम गर्ने जानकारी दिए । त्यस्तै, उक्त कार्यदललाई परामर्श दिनकै लागि परामर्श समिति बनाएको उनले बताए ।

‘हाम्रो अहिलेको मूल चुनौती भनेकै संघीय संरचनामा स्वास्थ्य प्रणालीलाई कसरी जोड्ने र यसलाई नीतिमा कसरी ढाल्ने भन्ने हो ।’ उनले भने, ‘त्यसको लागि अहिले बनेको कार्यदलले सबैसँग छलफल गरी सुझाव संकलनको काम गर्नेछ ।

उक्त नीतिको पहिलो मस्यौदा डेढ महिना भित्र तयार गरी त्यसलाई प्रदेश स्तरमा लैजाने निर्णय भएको छ।

त्यस पश्चात्त कार्यदलबाट प्राप्त सुझावकै आधारमा समितिले प्रतिवेदन तयारी गरी आगामी मंसिरको चुनाव अगावै मन्त्री परिषद्को वैठकमा पेश गर्ने समितिले जनाएकोे छ ।

संघीय संरचना अनुसार नेपालको संविधानमा उल्लेख भए अनुसारको ‘राष्ट्रिय स्वास्थ्य नीति ०७४’ तर्जुमाका लागि गत भदौ ५ गते बसेको मन्त्रीपरिषद्को वैठकले स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा ११ सदस्यिय ‘नयाँ स्वास्थ्य नीति निर्माण उच्चस्तरीय समिति’उच्चस्तरीय समिति गठन गरेको थियो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?