Comments Add Comment

नेइमारमाथि धेरै भरोसा गरेर बार्सिलोनाले गल्ती गर्‍योः बार्टोमेउ

बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउलाई नेइमार पेरिस सेन्ट जर्मेन गएकोमा कुनै पछुतो छ भने त्यो हो आफ्ना खेलाडीलाई निक्कै धेरै विश्वास गरे ।

थुपै्र मानिसहरुले नेइमारलाई क्लबमा राख्न नसक्नुमा बार्सिलोना प्रशासनको आलोचना गरेका छन् र उनीहरुले भनेका छन् कि क्लबका अध्यक्षले यो पुष्टि गर्न पनि सकिरहेका छैनन् कि नेइमारले बार्सिलोना किन छाडे ?

‘हामी सबैभन्दा पहिला आत्मआलोचना गर्न चाहन्छौं कि हामीले नेइमारलाई निक्कै धेरै भरोसा गर्‍यौं’ बार्टोमेउले स्पेनिस पत्रिका डेपोर्टिभो र स्पोर्टसँग भने, ‘हामीले उनको हेरचाहमा कुनै कसर बाँकी राखेका थिएनौं, मलाई थाहा छैन उनले किन क्लब छाडे, तपाईंले उनैसँग सोध्नुस् ।’

‘पैसाका लागि वा स्पोर्टिङ प्रोजेक्टको नेतृत्व गर्न ? उनले हामीलाई कहिल्यै पनि भनेनन्’ बार्टोमेउले भने, ‘यहाँ उनी दुनियाकै सर्बश्रेष्ठ क्लबमध्ये एकमा थिए, जो संसारकै उत्कृष्ट खेलाडीसँग घेरिएका थिए ।’

‘तर उनले हामीलाई केहि नभनी क्लबव छाडे, पैसा तिरे र खुरुक्क आफ्नो बाटो लागे ।’

बार्सिलोनामा देखिएको अहिलेको निराशा स्पेनिस सुपरकपमा रियल मडि्रडसँग व्यहोरेको पराजयको कारणका रुपमा नहेर्न बार्टोमेउले आग्रह गरेका छन् ।

‘प्रशंसकहरुबीच पनि मतभिन्नता छ । तर यो निराशाबाट बन्द गर्नुपर्छ’ उनले भने, ‘पछिल्लो वर्षको तुलनामा हामीसँग निक्कै सन्तुलित टिम छ, नेइमारको बहिर्गमनले हामीलाई सामुहिक फुटबलमा र्फकन अवसर दिएको छ, नेइमारको मूल्य हामीले त्यसमा लगानी गर्न सक्छौं ।’

उनक अनुसार अब बार्सिलोनाले मैदानमा धेरैभन्दा धेरै सन्तुलन ल्याउनेछ र प्रशिक्षक भाल्भर्डेको मातहतमा यसको अभ्यास भइरहेको छ । उनले भने, ‘उनी टिमलाई निक्कै राम्रोसँग प्रबन्धित गरिरहेका छन् र विश्वास छ उनीहरु बदलिनेछन् । उनी यो मोडल र बार्सिलोना शैलीमा विश्वास गर्छन् र ला मासियामा एकेडेमीमा निक्कै ध्यान दिइएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment