+
+
Shares

भजनीका बाढीपीडितलाई रोटरी कैलालीद्वारा झुल वितरण

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ २० गते १८:२२

२० भदौ, कैलाली । कैलालीको भजनी नगरपालिकाका बाढी पीडितहरुलाई रोटरी क्लब अफ धनगढीले २ हजार थान झुल वितरण गरेको छ ।

प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालसहित पुगेको रोटरी धनगढीको टोलीले भजनी नगरपालिकाका मेयर शेर बहादुर चौधरीलाई झुल हस्तान्तरण गरेका थिए ।

अष्ट्रेलियन रोटरी क्लबको सहयोगमा उक्त झुल वितरण गरिएको रोटरी क्लब अफ धनगढीका अध्यक्ष दीर्घराज उपाध्यायले जानकारी दिए ।

अध्यक्ष उपाध्यायले स्थानीयहरुले बाढी पछि लामखुट्टे र सर्पको विगविगी बढेकाले केटाकेटी र गर्भवती महिलाहरुलाई भइरहेको समस्याबाट राहतका लागि झुल वितरण गरिएको बताए ।

यस अघि पनि रोटरी क्लब अफ धनगढीले बाढी आएको बेलामा करिब ५ सय परिवारलाई खाद्यान्न वितरण गरेको थियो ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?